युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेशनमा शुक्रबार रकेट आक्रमण भएको छ। आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन्।देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्काको रेल स्टेशनमा आक्रमण भएको हो। 'क्रमातोस्क रेल स्टेबनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाबारे थप विवरण हामी संकलन गर्दै छौँ', रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामीशिनले सामाजिक सञ्जालमा लेखेका छन्।