एजेन्सी, १५ माघ। इराकको राजधानी बगदादको अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएको छ । हिजो (शुक्रबार) ६ रकेटबाट बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरिएको इराक सेनाले जनाएको हो । उक्त आक्रमणबाट २ व्यवसायिक विमान क्षतिग्रस्त भएका छन् । सेनाको बयानमा बताइएअनुसार आक्रमणमा इराकी एयरवेजको एक व्यवसायिक विमान पनि क्षतिग्रस्त भएको छ जो अहिले नियमित प्रयोगमा थिएन । […]