काबुल विमानस्थललाई लक्षित गरी रकेट आक्रमण

काठमाडौँ । अफगानिस्तानको काबुल विमानस्थललाई लक्षित गरी पाँच ओटा रकेट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सोमबार भएको यो आक्रमणलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले बीचमै नष्ट गरिदिएको छ । अहिलेसम्म कुनै क्षति भएको समाचार आएको छैन । अहिले अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको काम गरिरहेको छ । मंगलबार अमेरिका अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिँदै छ […]

सम्बन्धित सामग्री

काबुल विमानस्थल लक्षित रकेट आक्रमण

अफगानिस्तानमा काबुल विमानस्थललाई लक्षित गर्दै रकेट प्रहार भएको छ। काबुल विमानस्थलतर्फ लक्षित गर्दे करिब पाँच वटा रकेट प्रहार भएको र त्यसलाई अमेरिकी सेनाको एन्टी मिसाईल डिफेन्स सिस्टमलले नष्ट गरिदिएको बिबिसीले...

काबुल विमानस्थल नजिक रकेट आक्रमण

अफगानिस्तानको काबुल विमानस्थल नजिकै सम्भाबित आक्रमणका लागि तयार पारिएको भ्यानलाई अमेरिकी ड्रोनले हिर्काएर निस्तेज पारेको छ । विमानस्थल नजिकैको घनाबस्तीमा शङ्कास्पद भ्यानलाई अमेरिकी ड्रोनले हिर्काउँदा विष्फोट भएपनि ठूलो क्षति हुनबाट जोगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाको मध्य सैन्य कमाण्डले उक्त सबारी इस्लामिक स्टेटसँग सम्बन्धित रहेको जनाएको छ । मध्य सैन्य कमाण्डका प्रवक्ता बिल अर्बनले ड्रोनले हिर्काउँदा ठूलो आवाज आएकोले सबारीभित्र विष्फोटजन्य पदार्थ राखिएको बताउनुभएको छ ।