वीरगञ्ज – पछिल्लो एक महिनाको अवधिमा मधेस प्रदेशमा नक्कली नेपाली नोट र प्रतिबन्धित भारतीय नोटको तस्करी बढेको छ। प्रदेशका आठवटै जिल्ला भारतसित सिमाना जोडिएका छन्। खुला सिमानाकै कारण विभिन्न सामान भारतबाट नेपालमा तस्करी हुँदै आएको छ। तर, पछिल्लो एक महिनाको अवधिमा भने प्रदेशका जिल्लामा नक्कली नेपाली नोट र प्रतिबन्धित भारतीय नोटको भारतबाट तस्करी हुने क्रम […]