विराटनगर : मोरङको पूर्वी नाका हुँदै भारतदेखि अवैधरुपमा खुलेआम तस्करी हुने गरेको पाइएको छ। खुला सीमाको फाइदा उठाउँदै रंगेली नगरपालिकाको धनापट्टी, रतुवामाई नगरपालिको सिक्टी, आमतोला, धनपालथान गाउँपालिका दक्षिण क्षेत्रको मायागञ्ज र खैरबना नाकादेखि खाद्यवस्तु तस्करी हुने गरेको पाइएको हो।सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) रंगेलीको टोलीले शुक्रबार ठूलो परिमाणमा तस्करीको चिनीसहित ट्रक नियन्त्रण गरेको छ। सशस्त्र प्रहरीका प्रहरी निरीक्षक कमल अधिकारीको कमाण्डमा खटिएको टोलीले रंगेली-५ धनापट्टी टोलबाट