बाराको सदरमुकाम कलैयामा सोमबार भएको गोली काण्डपछि रौतहट र सर्लाहीमा सुरक्षा सतर्कता बढाइएको छ। बाराको घटनाले सुरक्षा चुनौती बढेको देखिएकोले सुरक्षा सतर्कता बढाइएको दुवै जिल्लाका प्रहरी प्रमुखले बताएका छन्।...
केही दिनदेखि रौतहट र सर्लाहीमा प्रचण्ड गर्मीले जनजीवन अत्यन्त कष्टकर भएको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन अत्यन्त कष्टकर भएको हो।...
रौतहट र सर्लाहीमा नीलगाईले बाली नोक्सान गरेको छ। रौतहट र सर्लाहीको विभिन्न भागमा दर्जनौँको संख्यामा झुन्डमा देखिने नीलगाईको आतंकले सर्वसाधारण किसान आतंकित बनेका छन्।...
गृह मन्त्रालयको निर्देशनपछि रौतहट र सर्लाहीका अवैध क्रसर उद्योगहरू बन्द गरिन थालिएका छन्। एकै दिन रौतहट र सर्लाहीमा गरी एघार क्रसर उद्योग बन्द गरिएका छन्।...
सर्लाहीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीनिया टोल बस्ने महेन्द्र साहको छोरा अन्दाजी २६ वर्षीय मुकेश साह रहेका छन् ।शुक्रबार बिहान सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १० किशनपुर टोलस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको ट्रिफर गाडीले बिपरित दिशाबाट जाँदै गरेको ना२१प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रौतहट निवासी मोटरसाइकल चालक साहको घटना स्थलमै मृत्यु भएको हो ।स
सर्लाही र रौतहट जिल्लामा गरी १८६ मतदानस्थल अति संवेदनशील रहेको देखिएको छ। सर्लाहीमा १०३ र रौतहटमा ८३ गरी दुवै जिल्लामा १८६ मतदानस्थल अति संवेदनशील भएको सम्बन्धित निकायको निष्कर्ष रहेको छ।...