आठ वाणिज्य बैंकको लाभांश घोषणा

गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट आठ वाणिज्य बैंकहरूले लाभांश दिने घोषणा गरेका छन् । २० वाणिज्य बैंकमध्ये ११ बैंकले भने आइतबारसम्म लाभांश घोषणा गरेका छैनन् । सबैभन्दा बढी लाभांश दिनेमा एनआइसी...

सम्बन्धित सामग्री

१२ ओटा वाणिज्य बैंकले गरे लाभांश घोषणा, ६ ओटाले नदिने

काठमाडौं । २० ओटा वाणिज्य बैंकमध्ये हालसम्म १२ ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् भने ६ ओटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंक छन् ।  ६ ओटा वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएका छन्, जसमा हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंक र नेपाल बैंक छन् । बाँकी दुईओटाले भने हालसम्ममा लाभांश दिने/नदिनेबारे निर्णय गरेका छैनन्, जसमा नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंक छन् ।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको नबिल बैंकले यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।  त्यस्तै सिद्धार्थ बैंकको ४ दशमलव २१ प्रतिशत, सिटिजन्स बैंकको ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ ।  त्यस्तै नेपाल एसबिआई बैंकको ६ दशमलव ८० प्रतिशत नगद लाभांश (करसहित) र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर छ । लक्ष्मी सनराइज बैंकको भने ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश छ । राष्ट्रिय वाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।   लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकको कुल ३० दशमलव ५३ प्रतिशत लाभांश छ । यो सूचीमा दोस्रोमा नबिल बैंक छ । बैंकको कुल २० दशमलव ५३ प्रतिशत लाभांश छ ।   १२ ओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका केही बैंकले नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् । केहीको भने बोनस शेयर सूचीकृत पनि भइसकेको छ ।  लाभांश दिने, नदिने र घोषणा गर्न बाँकी बैंक

७ वाणिज्य बैंकसहित ९ बैंकले गरे लाभांश घोषणा, कसको कति ?

काठमाडौं । सात ओटा वाणिज्य बैंक र दुई विकास बैंकसहित ९ बैंकले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् ।  विकास बैंकमध्ये सांग्रिला डेभलपमेन्ट बैंक र शाइना रेसुङ्गा डेभलपमेन्ट बैंक छन् । साग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४४९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशमलव ५० प्रतिशत कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिटिजन बैंक इन्टरनेशनल, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टड बैंक छन् । यीमध्ये माछापुच्छे, एभरेष्ट, एनआईसी एशिया, सानिमा र सिटिजनले साधारणसभासमेत सम्पन्न गरी लाभांश पारितसमेत गरिसकेका छन् । स्ट्याण्डर्ड चार्टड बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश प्रस्ताव पारितका लागि मंसिर ५ गते साधारण सभा बोलाएको छ ।  लाभांश घोषणा गरका सात वाणिज्य बैंकमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकले कुल ३० दशमलव ५२ प्रतिशत लाभांश दिएको हो । बैंकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  त्यस्तै एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र १० दशलमव ५३ प्रतिशत नगद लाभांश, सानिमा बैंकले ९ प्रतिशत बोनस शेयर र करसहित ५ दशमलव ६० प्रतिशत, माछापुच्छ्रे बैंकको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश र सिटिजन्स बैंकले ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेका छन् ।

ग्लोबल आईएमई बैंकको लाभांश घोषणा

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८÷७९ मा आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८÷७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनश शेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभाशं शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८÷७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३ प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।  कूल २८९ अर्ब निक्षेप तथा रु. २७४ अर्ब कर्जा लगानी रहेको बैंकको मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ । बैंकको आज आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा समेतबाट लाभांश वापत बैंकको चुक्ता पूँजीको १४.९५ प्रतिशत नगद लाभांश रु.१,५८,८२,८७,११३.७६ (लाभांशमा लाग्ने कर समेत) र ६ प्रतिशतका दरले हुने रु.६३,७४,३९,६४४.३२ बराबरको बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशतले हुने जम्मा रु.२,२२,५७,२६,७५८.०८ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।  हाल बिओके र ग्लोबल आईअमेई बैंक मर्जर प्रक्रियामा छन्  । यस सँगै बिओके लाभांश घोषणा गर्ने चौथो वाणिज्य बैंक बनेको छ  । यस अघि सिटिजन्स, कुमारी, र एनसीसीले लाभांश घोषणा गरिसकेका छन्  ।

एनसीसी बैंकको लाभांश घोषणा

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार बैंकले वितरण योग्य रकमबाट शेयरधनीहरुलाई हालको चुक्ता पूँजी एघार अर्ब तेह्र करोडको ३.३६६३ प्रतिशतले हुन आउने सैंतीस करोड पचास लाख बराबरको बोनश शेयर र चुक्ता पूँजीको ७.६३३७ प्रतिशतले हुन आउने पचासी करोड तीन लाख चौसठ्ठी हजार पाँच सय बयासी रूपैया नगद लाभांश गरि कुल ११.२९६७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ। हाल एनसीसी बैंक र कुमारी बैंक मर्जर प्रक्रियामा छन् ।यस सँगै एनसीसी बैंक लाभांश घोषणा गर्ने तेस्रो वाणिज्य बैंक बनेको छ । यस अघि सिटिजन्स र कुमारीले लाभांश घोषणा गरिसकेका छन् ।

सिभिलबाहेक सबै बैंकले घोषणा गरे शेयर धनीलाई लाभांश, कुन बैंकको कति ?

४ पुस, काठमाडौं । सिभिलबाहेक सबै बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेका छन् । घोषित लाभांश मध्ये यस वर्ष पनि बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक हो । यो बैंकमा […]

माछापुच्छ्रे बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । यस संगै माछापुच्छ्रे बैंक  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको छ  ।

सिभिल बैंकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सिभिल बैंकले लाभांश घोषणा गरेको छ । हाल सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंक मध्ये २६ वटा बैंक नेप्सेमा

सानिमा बैंकले १३.६% लाभांश घोषणा गर्‍यो, १० प्रतिशत बोनस सेयर, तिहारअघि एजीएम

काठमाडौं। सानिमा बैंकले १३.६ प्रतिशत लाभांश घोषणा गरेको छ। लाभांश घोषणा गर्ने सानिमा तेस्रो वाणिज्य बैंक हो। बैंकले १० प्रतिशत बोनस