एनसीसी बैंकको लाभांश घोषणा

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार बैंकले वितरण योग्य रकमबाट शेयरधनीहरुलाई हालको चुक्ता पूँजी एघार अर्ब तेह्र करोडको ३.३६६३ प्रतिशतले हुन आउने सैंतीस करोड पचास लाख बराबरको बोनश शेयर र चुक्ता पूँजीको ७.६३३७ प्रतिशतले हुन आउने पचासी करोड तीन लाख चौसठ्ठी हजार पाँच सय बयासी रूपैया नगद लाभांश गरि कुल ११.२९६७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ। हाल एनसीसी बैंक र कुमारी बैंक मर्जर प्रक्रियामा छन् ।यस सँगै एनसीसी बैंक लाभांश घोषणा गर्ने तेस्रो वाणिज्य बैंक बनेको छ । यस अघि सिटिजन्स र कुमारीले लाभांश घोषणा गरिसकेका छन् ।

सम्बन्धित सामग्री

कुमारी बैंकको लाभांश घोषणा, बोनस नदिने

कुमारी बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–०७९ को  मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १२.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। बैंकले आर्थिक बर्ष २०७८-०७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।  उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ रहेको छ ।  हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् ।  मर्जर प्रक्रियामा रहेको कारण बैंकको कारोबार रोक्का रहेको छ ।

लाभांश सार्वजनिक गरेका २१ वाणिज्य बैंकहरुमध्ये १० ओटा बैंकको लाभांश बढ्यो

कात्तिक २७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २६ ओटा वाणिज्य बैंकहरुमध्ये शुक्रवारसम्म २१ बैंकहरुले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । अझै ५ ओटा बैंकहरु कृषि विकास बैंक, एनसीसी बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश सार्वजनिक गरेका २१ ओटा बैंकहरुमध्ये पनि सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी बैंक र माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभामार्फत लाभांश पारित गरिसकेका छन् । नेपाल बंगलादेश बैंकले मंसिर २ गते र नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गतेसाधारण सभाको मिति तय गरेको छन् । हालसम्म सार्वजनिक भएका बैंकहरुको लाभांशमध्ये नबिल बैंकको सर्वाधिक रहेको छ भने दोस्रोमा हिमालयन बैंकको रहेको छ । नबिल बैंकले यस वर्ष ३३ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश पारित हुन भने बाँकी रहेको छ । त्यस्तै, दोस्रोमा सर्वाधिक लाभांश प्रस्ताव गरेको हिमालयन बैंकले पनि हालसम्म साधारण सभाको मिति तय गरेको छैन । बैंकको असोज २० गतेको सञ्चालक समितिको बैठकले २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो । हालसम्म सार्वजनिक बैंकहरुमध्ये १० ओटा बैंकहरुले अघिल्लो वर्षको भन्दा गत वर्ष बढाएर लाभांश प्रस्ताव गरेका छन् । नबिल बैंकले २ दशमलव ७४ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत, सानिमा बैंकले ४ दशमलव २९ प्रतिशत, नेपाल बैंकले १ प्रतिशत, प्राइम कमर्सियल बैंकले १ दशमलव ६३ प्रतिशत, सिटिजन्स बैंकले ५ प्रतिशत, नेपाल बंगलादेश बैंकले ७ दशमलव शून्य ८ प्रतिशत, माछापुच्छ्रे बैंकले ३ दशमलव ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ दशमलव २२ प्रतिशत र प्रभु बैंकले २ दशमलव १ प्रतिशत बढी गत वर्षभन्दा यस वर्ष लाभांश वितरण गर्न लागेका हुन् । यस वर्ष लक्ष्मी बैंक र सिद्धार्थ बैंकले गत वर्षकै अनुपातमा लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी बैंकले ११ दशमलव ५ प्रतिशत र सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेका हुन् । गत वर्षभन्दा यस वर्ष नेपाल इन्भेष्टमेण्ट बैंकले २ दशमलव ५ प्रतिशत, एनआईसी एशिया बैंकले ४ दशमलव २१ प्रतिशत, एनएमबि बैंकले शून्य दशमलव ४ प्रतिशत, बैंक अफ काठमाण्डूले २ प्रतिशत, ग्लोबल आइएमई बैंकले २ दशमलव ५ प्रतिशत, मेगा बैंकले शून्य दशमलव ९८ प्रतिशत, एभरेष्ट बैंकले शून्य दशमलव २१ प्रतिशत, कुमारी बैंकले ५ दशमलव ३३ प्रतिशत र सनराइज बैंकले १ दशमलव २८ प्रतिशत कम लाभांश प्रस्ताव गरेका हुन् ।                                                            स्रोतः बैंकहरुद्वारा जारी सूचनामा आधारित

१४ बैंकको लाभांश घोषणा हुँदा हिमालयनको उच्च, औसत लाभांश १५.१७ प्रतिशत (सुचीसहित)

हालसम्म १४ वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष ७७/७८ को मुनाफ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् । कार्तिक १२ गते शुक्रबार साँझसम्ममा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत २६ मध्ये १४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् । यी मध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकले गरेको छ भने सबै भन्दा कम प्रस्ताव कुमारी बैंकले गरेको छ । हिमालयन बैंकले २१.३६ प्रतिशत बोनस र ४.४६४ प्रतिशत नगद गरि कुल २६ प्रतिशत लाभाश प्रस्ताव गरेको छ भने कुमारी बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।हिमालयन बैंकपछि सानिमा बैंकको लाभांश उच्च छ । सानिमाले १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कुल १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि १७ प्रतिशत , सिटिजन्स बैंकले १२.९१ प्रतिशत र ३.०९ प्रतिशत नगद गरि १६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत बोनस र ३.३९ प्रतिशत नगद गरि १६ प्रतिशत, तथा एनआईसी एसियाले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५० नगद गरि १५.५० प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस र ०.४५ प्रतिशत गरि १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १२.२ प्रतिशत बोनस र ०.७० नगद गरि १४ प्रैशत, बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरि १४ प्रतिशत र ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद गरि १३.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि १३.०६ र एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरि कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हालसम्म घोषणा गरिएका १४ बैंकको औसत नगद लाभांश २.७१ प्रतिशत, औसत बोनस शेयर १२.४५ प्रतिशत र कुल औसत लाभांश १५.१७ प्रतिशत रहेको छ । अब कृषि विकास बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नबिल बैंक, एनसीसी बैंक, एनएमबि बैंक, प्राइम कमर्शियल बैंक, प्रभु बैंक र नेपाल एसबिआइ बैंकको लाभांश घोषणा हुन् बाँकि छ ।  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलेपनि लाभांश घोषणा गरेको छैन  ।  बैंकहरुले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकहरुको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।