७ वाणिज्य बैंकसहित ९ बैंकले गरे लाभांश घोषणा, कसको कति ?

काठमाडौं । सात ओटा वाणिज्य बैंक र दुई विकास बैंकसहित ९ बैंकले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् ।  विकास बैंकमध्ये सांग्रिला डेभलपमेन्ट बैंक र शाइना रेसुङ्गा डेभलपमेन्ट बैंक छन् । साग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४४९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशमलव ५० प्रतिशत कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिटिजन बैंक इन्टरनेशनल, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टड बैंक छन् । यीमध्ये माछापुच्छे, एभरेष्ट, एनआईसी एशिया, सानिमा र सिटिजनले साधारणसभासमेत सम्पन्न गरी लाभांश पारितसमेत गरिसकेका छन् । स्ट्याण्डर्ड चार्टड बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश प्रस्ताव पारितका लागि मंसिर ५ गते साधारण सभा बोलाएको छ ।  लाभांश घोषणा गरका सात वाणिज्य बैंकमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकले कुल ३० दशमलव ५२ प्रतिशत लाभांश दिएको हो । बैंकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  त्यस्तै एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र १० दशलमव ५३ प्रतिशत नगद लाभांश, सानिमा बैंकले ९ प्रतिशत बोनस शेयर र करसहित ५ दशमलव ६० प्रतिशत, माछापुच्छ्रे बैंकको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश र सिटिजन्स बैंकले ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेका छन् । 

सम्बन्धित सामग्री

एचआईडीसीएलको लाभांश घोषणा

५ पुस, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि […]

भगवती हाइड्रोपावरको लाभांश घोषणा

भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हालै दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीले पहिलो पटक सर्वसाधारण सेयरधनीलाई लाभांश घोषणा गरेको हो । त्यस्तै कम्पनीले पुस २४ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाका लागि पुस […]

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

१५ मंसिर, काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाका आधारमा कम्पनीले कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ७ करोड ११ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने फाइनान्सले जनाएको छ । फाइनान्सले यस पटक बोनस सेयर […]

हालसम्म ६ माइक्रोफाइनान्सको लाभांश घोषणा

१३ मंसिर, काठमाडौं । अहिलेसम्म माइक्रोफाइनान्स समूहका ६ वटा कम्पनीहरुले मात्रै गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीहरुमा युनिक नेपाल लघुवित्त, धौलागिरि लघुवित्त, आरएसडीसी लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एसिया लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स छन् । जसमध्ये आरएसडीसी लघुवित्त कम्पनीको मात्रै बुक क्लोज भइसकेको छ । बुक […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

१३ कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले करसहित १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो लाभांश बैंकको आगामी साधारणसभा र राष्ट्र बैंकको स्वीकृति पश्चात प्रदान गरिने बैंकले जनाएको […]

११ वाणिज्य बैंकको लाभांश घोषणा

काठमाडौं । हालसम्ममा ११ ओटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरिएका बैंकमध्ये बैंक अफ काठमाण्डूले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । बीओकेले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश २०.९५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैंकले गत वर्ष १२.५ प्रतिशत बोनस […] The post ११ वाणिज्य बैंकको लाभांश घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रभु बैंकको लाभांश घोषणा

प्रभु बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने बताइएको […]

बैंकको लाभांश घोषणा : नबिलको धेरै, कुमारी देखियो कमजोर !

१८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट बैंकहरुले आफ्नो शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । तिहार अघिसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ । सम्भवतः गत वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा नै नबिल बन्नेछ । नबिल बैंकले हरेक वर्ष आकर्षक लाभांश […]

धमाधम लाभांश घोषणा गर्दै बैंकहरु, कुनले कति दिँदैछन् ?

९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् । सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । […]

हिमालयन बैंकको लाभांश घोषणा

हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।