माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । यस संगै माछापुच्छ्रे बैंक आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गर्ने पहिलो बैंक बनेको छ ।