बैंक अफ काठमाण्डूको लाभांश घोषणा

बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ । बैंकको आज आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा समेतबाट लाभांश वापत बैंकको चुक्ता पूँजीको १४.९५ प्रतिशत नगद लाभांश रु.१,५८,८२,८७,११३.७६ (लाभांशमा लाग्ने कर समेत) र ६ प्रतिशतका दरले हुने रु.६३,७४,३९,६४४.३२ बराबरको बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशतले हुने जम्मा रु.२,२२,५७,२६,७५८.०८ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।  हाल बिओके र ग्लोबल आईअमेई बैंक मर्जर प्रक्रियामा छन्  । यस सँगै बिओके लाभांश घोषणा गर्ने चौथो वाणिज्य बैंक बनेको छ  । यस अघि सिटिजन्स, कुमारी, र एनसीसीले लाभांश घोषणा गरिसकेका छन्  ।

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको लाभांश घोषणा, बोनसभन्दा नगद बढी

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  बैंकले हाल कायम चुक्तापुँजीको २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा करसमेत गरी १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र...