सर्वोच्च अदालतका केही न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत ३१ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै अदालतले आगामी दुई हप्ता (माघ ५ देखि १८ गते) विभिन्न सेवाहरूमा कटौती गरेको छ ।
सर्वोच्च अदालतको पूर्ण बैठकले अत्यावश्यक मुद्दा मात्रै हेर्ने निर्णय गरेको हो ।
बन्दीप्रत्यक्षीकरण, सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको नियमित सुनुवाइ गर्ने, मुद्दा फिर्ता तामेली तथा मिलापत्रसम्बन्धी कामकारवाही नियमित सञ्चालन गर्ने, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र नि.सु.मा रहेका मुद्दाको सुनुवाइ गर्नेलग...