सुर्खेत, जेठ १८। २०७४ सालको निर्वाचनबाट गठन भएका धेरै स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण गरेका छन् । तीमध्ये पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको भवन विशेष प्रकृतिको र मौलिक छ । वीरेन्द्रनगरदेखि ७० किलोमिटर पूर्वमा रहेको सिम्ता गाउँपालिकाको प्रशासनिक भवन पालिकाको नाम सिम्ता शब्दकै प्रारूपमा निर्माण गरिएको छ तर भवनको नाम सतहबाट देखिँदैन । केही उचाइको स्थान वा हवाई […]