कास्कीस्थित मादी गाउँपालिकाको केन्द्र विवाद पुनः बल्झिएको छ । गाउँपालिकाको वडा नम्बर ४ बेतेनीमा केन्द्र तोक्न गण्डकी प्रदेश सरकारले संघ सरकारलाई सिफारिस गरेसँगै पालिकाको केन्द्र विवाद पुनः बल्झिएको हो ।
गाउँपालिकाको...
तनहुँ, २२ मङ्सिर । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत दुई चरणमा तटबन्धन निर्माण भइरहेको छ । व्यास नगरपालिका–६ शिशाघाटदेखि व्यास–५ पाटनसम्म करिब १६ किलोमिटर दूरीमा तटबन्धन निर्माण भइरहेको हो । गत वर्ष मादी नदीमा आएको बाढीले मानव बस्ती आसपासका क्षेत्र कटान गरी उच्च जोखिम बनाएपछि संरक्षणका लागि तटबन्धन निर्माण थालिएको […]
काठमाडौं । हिमालयन बैंक लिमिटेडले मादी नगरपालिका र पाख्रीबास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा २३ मंसिर र पाख्रिवास नगरपालिकामा २४ मंसिरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय मादी शाखा र हिले शाखाले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा ७० […]
काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा १२ लाख ६० हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) स्थानीयका लागि बिक्री खुला गरेको हो । आयोजनाले प्रभाव पार्ने कास्की जिल्लाको मादी गाउँपालिका १ र २ का स्थानीयका लागि तीन […]
तनहुँ, १४ मंसिर । मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास–१० को परेवाडाँडा र पारी व्यास–५ को चिन्तुटार । दुबै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ । दैनिक दुई वडाका वासिन्दाको आवातजावत सहज बनाइदिएको […]
संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनाका मृतक र घाइतेलाई मादी नगरपालिकाले राहत सहयोग दिने भएको छ । सोमबार बसेको कार्यपालिका बैठकले मादी नगरपालिकाभित्र भएको दुर्घटनामा परेका मृतक १५...
केही दिनदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी हाईड्रोमा क्षती पुर्याएको छ । मंगलवारको बाढीले निर्माणाधीन ४४ मेगावाटको सुपर मादी हाईड्रोको हेडबक्स, पावरहाउस लगायतमा क्षति पुर्याएको हो ।
सुपर मादी हाईड्रोका अध्यक्ष पुष्पज्वोति ढुंगानाका अनुसार कामदारको आवास एरिया लगायतमा पनि क्षती पुगेको छ ।
बाढीले एक्साभेटर, पेनस्टक पाइप, कर्सर प्लान्ट, आरएमसि प्लान्ट, हेभि जेनेरेटर लगायत पावरहाउस एरियामा क्षति पुर्याएको छ । निर्माणको अन्तिम चरणमा पुगेको सो आयोजनाले आगामी चैत्रमा...
२ असार, पोखरा। मादी गाउँपालिका मादी खोलामा निर्माणाधीन सुपर मादी हाइड्रोमा बाढीले ठूलो क्षति पुर्याएको छ । निर्माणाधीन सुपर मादी (४४ मेगावाट) जलविद्युत् आयोजनामा चारवटा एक्स्याभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, ६ वटा कम्प्रेर, चार सय ५० टन बढी डण्डी, १० हजार बोरा सिमेन्ट, तीनवटा क्रस, बगाएको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए। साढे सात अर्ब […]
तनहुँ । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य […]