गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी

दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा एमालेले सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले सरकारी सम्पत्ति हिनामिना हुन थालेका कारणले तालाबन्दी गरेको जनाएको छ । वडा अध्यक्षको राय विपरीत र कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्षलगायतका कर्मचारीले अवज्ञा गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको एमाले गुराँस गाउँपालिकाका अध्यक्ष हेमबहादुर वलीले बताए । बिहीबार गाउँपालिकाले गुराँस आधारभूत विद्यालय रानीमत्ताको विद्यालयमा गोदाम गरी राखिएको लत्ताकपडा, भाँडाकु