गाउँपालिकाको भवन निर्माणको विषयमा विरोध

गोकुल भुजेल भोजपुर । भोजपुरमा अरुण गाउँपालिकाको भवन निमार्णको विषयलाई लिएर भएको विवाद चुलिएको छ । गाउँपालिकाको साविकको कार्यालय क्षेत्रभन्दा टाढा भवन निर्माण गर्ने निर्णय गरिएको भन्दै प्याउली बजारका स्थानीयले विरोध गरेका हुन् । भोजपुरमा गाउँपालिकाको भवन निमार्णको विषयलाई लिएर विवाद भएको छ । अरुण गाउँपालिकाको बहुमतले प्याउली बजार अर्थात साविकको कार्यालय क्षेत्रभन्दा करिब एक […]

सम्बन्धित सामग्री

घडेरी खन्दाको विवादले एक वर्षदेखि रोकिएको फलेवास नगर अस्पतालको निर्माण अघि बढ्यो

पर्वत । पर्वत (Parbat)को फलेवास नगरपालिकामा अलपत्र अवस्थामा रहेको नगर अस्पताल (Hospital) निर्माणको काम अगाडि बढेको छ ।  एक स्थानीय तह एक आधारभुत अस्पताल कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको नगर अस्पतालको काम एक वर्षदेखि अलपत्र थियो ।  विवादका कारण घडेरी खनेर अलपत्र अवस्थामा रहेको नगर अस्पतालको निर्माण कार्य सर्वपक्षीय छलफलपछि बाँकी रहेको काम अगाडि बढाउने सहमति भएको हो । घडेरी खन्ने क्रममा त्रुटि भएको भने स्थानीयले विरोध गरेपछि निर्माणको काम बीचमै रोकिएको थियो ।  उक्त अस्पताल फलेवास नगरपालिका–६, देवीस्थानमा निर्माण गर्न थालिएको हो । साविकको स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने तथा भवन बनाउने गरी आर्थिक वर्ष २०७७/०७८ मा बोलपत्र आह्वान भई २०७८ असार ३१ मा सम्झौता भएको थियो । भवन बनेपछि यहाँ १४ शय्या रहने जनाइएको छ ।  निर्माण व्यवसायी प्रतिष्ठा–जुम्ली–आचार्य जे.भी. बागलुङले निर्माणस्थल परिवर्तनसँगै संशोधित भएको आर्किटेक्चरल, स्ट्रक्चरल, स्यानिटरी, इलेक्ट्रिकल डिजाइनबमोजिम सम्झौता गरेको थियो ।  उक्त अस्पतालमा सम्झौता बमोजिमका सामग्रीमा परिमाणमा थपघट, माटो कटिङ लगायतका प्रक्रियाका कारण निर्माण कार्य करिव २ वर्ष अघिदेखि रोकिएको थियो । नगर अस्पताल निर्माणका लागि नेपाल सरकारले रु. १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको थियो ।  अस्पताल भवनको डीपीआर स्वीकृत नभई निर्माण गर्दैगर्दा भवन निर्माणस्थल परिवर्तन भएको र परिवर्तित निर्माण स्थलबमोजिम नक्सा संशोधन गर्न लगाई प्रक्रिया अघि बढाइएको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए । ‘धेरै लामो प्रयासपछि विवाद मिल्यो,’ तिवारीले भने, ‘निर्माण व्यवसायीलाई काम अगाडि बढाउन नगर कार्यपालिकाले आदेश दिइसकेको छ ।’  प्रस्तावबमोजिम आगामी नगरसभाबाट अनुमोदन गर्नेगरी स्वीकृत गर्ने साथै थप म्यादभित्र भेरिएसन आदेशबमोजिम निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई संशोधित कार्यादेश दिन फलेवास नगरपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको नगरप्रमुख तिवारीले जानकारी दिए ।  अलपत्र अवस्थामा रहेको अस्पताल बनेपछि स्थानीय बासिन्दालाई सामान्य उपचारका लागि पनि सदरमुकाम कुश्मा, पोखरा तथा बागलुङ पुग्नुपर्ने बाध्यता हट्ने तिवारीले बताए ।

निर्माण अलपत्र परेपछि ठेकेदारको व्यानर बनाएर विरोध

बाग्लुङ । ५० शय्या क्षमताको भवन अलपत्र बनाउने निर्माण व्यवसायीको बेनी अस्पतालको प्रवेशद्वारमा तस्विर सहितको व्यानर राखेर विरोध गरेका छन् । अनेरास्ववीयु र राष्ट्रिय युवा संघले बेनी अस्पतालको भवन निर्माणको ठेक्का लिएको महादेव खिम्ती–गल्वा–रफिना जेभीका सञ्चालकको तस्बिर अस्पतालको प्रवेशद्वारमा टाँसेका हुन् । अस्पतालको भवन अलपत्र पारेर सम्पर्कविहीन भएपछि सिंहको तस्बिर र मोबाइल नम्बर उल्लेख गरिएको […]

इतिहास ढल्दैछ, सरकार मौन छ !

त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण र आवश्यक पूर्वाधार निर्माणको माग गर्दै नेविसंघले मंगलबार बिहान प्रदर्शन गरेको छ । विद्यार्थीहरूले क्याम्प अगाडीको सडकमै बसेर पढ्दै विरोध गरेका हुन्।प्रधानमन्त्री स्वयंले पढेको र नेपालकै ज्येष्ठ कलेज भए पनि यसको संवर्धनमा सरकार उदासीन रहेको उनीहरुले बताएका छन् । प्रदर्शनका क्रममा उनीहरुले त्रिचन्द्र क्याम्पस बचाउन नारा समेत लगाएका थिए।

त्रिचन्द्र बचाउन माग गर्दै सडकमै पढे विद्यार्थीले (फोटोफिचर)

नेविसंघ त्रिचन्द्र क्याम्पसले भवन पुनर्निर्माण गरिनुपर्ने र आवश्यक पुर्वाधार निर्माणको माग गर्दै सडकमै बसेर पढेर विरोध गरेका छन्। प्रधानमन्त्री स्वयंले पढेको र नेपालकै ज्येष्ठ कलेज भए पनि यसको सम्बद्र्धनमा सरकार...

बतास समुहमा के हो प्रधानमन्त्री पत्नि आरजुको साईनो ?

नारायणहिटी दरबार संग्राहलय परिसरभित्र रेस्टुरेन्ट सञ्चालन गर्ने विषयले बतास समूह यतिवेला चर्चामा छ । रेस्टुरेन्टका लागि भवन निर्माणको काम तीव्र पारेपछि त्यसको चर्को विरोध भयो।  बताससँगै उसलाई रेस्टुरेन्ट सञ्चालनका लागि अनुमती दिने ...

राष्ट्रिय पुस्तकालयको भवन काठमाडौंको जमलमै बन्ने

राष्ट्रिय पुस्तकालयको भवन काठमाडौंको जमलमै बन्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि पुस्तकालय निर्माणको प्रक्रिया अघि बढेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले त्यहाँ त्रिचन्द्र क्याम्पस सार्ने भन्दै भवन निर्माणमा रोक लगाएको थियो ।  व्यापारिक कम्पनीलाई जग्गा सुम्पन सरकारले राष्ट्रिय पुस्तकालय भवन बनाउन रोकेको भन्दै पुस्तकायलयकर्मीले विरोध जनाएका थिए ।  २०७२ को भुकम्पदेखि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै भव्य भवन बनाउने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र...

जमलमै बन्ने भयो राष्ट्रिय पुस्तकालय

राष्ट्रिय पुस्तकालयको भवन काठमाडौंको जमलमै बन्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि पुस्तकालय निर्माणको प्रक्रिया अघि बढेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले त्यहाँ त्रिचन्द्र क्याम्पस सार्ने भन्दै भवन निर्माणमा रोक लगाएको थियो । व्यापारिक कम्पनीलाई जग्गा सुम्पन सरकारले राष्ट्रिय पुस्तकालय भवन बनाउन रोकेको भन्दै पुस्तकायलयकर्मीले विरोध जनाएका थिए । २०७२ को भूकम्पदेखि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै भव्य भवन बनाउने गरेको श

विद्यालय भवन निर्माणमा अभिभावकको विरोध

अभिभावकले विरोध गरेपछि सुर्नया गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविको भवन निर्माणको काम अघि बढन सकेको छैन । संघीय सरकारको ३६ लाख रुपैयाँ लागतको चारकोठे भवनको काम विवाद उत्पन्न भएपछि करिब डेढ महिनादेखि निर्माण कार्य बन्द भएको छ ।निर्माण समिति गठन नगरी प्...

बैतडीमा विद्यालय भवन निर्माणमा अभिभावकको विरोध

अभिभावकले विरोध गरेपछि सुर्नया गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविको भवन निर्माणको काम अघि बढन सकेको छैन । संघीय सरकारको ३६ लाख रुपैयाँ लागतको चारकोठे भवनको काम विवाद उत्पन्न भएपछि करिब डेढ महिनादेखि निर्माण कार्य बन्द भएको छ ।निर्माण समिति गठन नगरी प्...

भवन निर्माणको काममा विवाद

सदरमुकाममा निर्माणाधीन मुख्यमन्त्री बहुतल्ले मोटर पार्किङ तथा सिनेमा हल निर्माणको काम विवादित बनेको छ। इलाम नगरपालिका–७, को बसपार्कमा नेपालकै ऐतिहासिक चियाबारी मासेर भवन निर्माण गर्न लागिएको भन्दै केही स्थानीयले विरोध गरेका छन्।