गाउँपालिकाको केन्द्र नै विद्युत्विहीन

दिपायल– सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन । डोटीको बडिकेदार गाउँपालिकाको केन्द्रमा हालसम्म पनि विद्युत् पुग्न नसकेको हो ।  स्थानीय सरकार स्थापना भएको करिब छ वर्ष बितिसक्दा पनि गाउँपालिकाको केन्द्र खड्यौलीमा विद्युत् प्रसरण लाइन पुग्न सकेको छैन । गाउँपालिका-१ बिपीनगरस्थित कापडी गाडमा विद्युत्गृह निर्माण गरिए पनि […]