काठमाडौं। मोबाइल फोन इम्पोटर्स एशोसिएसन (एमपीआईए)को सातौं वार्षिक साधारणसभा गत बुधवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आगामी २ वर्षका लागि दिपककुमार मल्होत्राको अध्यक्षतामा रहेको ९ सदस्यीय यसअघिकै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल र कोषाध्यक्ष प्रभाकर थापा छन् । साधारणसभामा महासचिव अमित अग्रवालले आर्थिक वर्ष (आव) २०७९/८० मा संस्थाले गरेका गतिविधि बारे जानकारी गराएका थिए । त्यस्तै, कोषाध्यक्ष थापाले गत आवको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।