काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त भएको आरोप लगाएका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा उनले नेतृत्वकै कारण कांग्रेस पार्टी नै अवैध भएको प्रश्न उठ्न थालेको बताएका हुन्।
१३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध…