काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापित भएसँगै सुरु भएको सत्ता समीकरणको खेल अझै जारी छ। शनिबार नागरिक आन्दोलनले आयोजना गरेको डबली कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले वर्तमान सरकारको विकल्पबारे संवाद गरेका थिए। त्यसको तीन दिनपछि मंगलबार काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका उनै अध्यक्ष महन्थ ठाकुर एउटै क