पोखरा विश्वविद्यालयले शैक्षिक बेरोजगारी हटाउन यही शैक्षिकसत्रदेखि उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत चारवर्षे स्नातक तहको अध्ययन शुरु गर्ने भएको छ । सो तहमा जुनसुकै विषयमा कक्षा १२ वा सो सरह अध्ययन गरेका विद्यार्थीले प्रवेश परीक्षामा सफल भई चारवर्षे स्नातक कोर्ष अध्ययन गर्ने पाउनेछन् ।
यसमा जम्मा आठ सेमेष्टर प्रणालीबाट उद्यमशीलतका विभिन्न पक्षको सैद्धान्तिक र व्यहारिक कोर्षको अध्ययन हुनेछ । सो कोर्षका लागि वार्षिक रु तीन लाख १४ हजार २०० शुल्क लाग्ने छ । अहिले सो विषय अध्ययनका लागि ४८ सिट निर्धारण गरिएको छ । विश्वविद्यालयको नियम...