काठमाडौं महानगरपालिकाले एक हप्ताको लागि फोहोर घर भित्रै राख्न आग्रह गरेको छ । महानगरले बिहीबार अपिल गर्दै एक हप्तासम्म कुहिने र नकुहिने फोहोरलाई सडक, चोक तथा सार्वजनिक स्थलमा नफालि घरभित्रै छुट्टाछुट्टै राख्न आग्रह गरेको हो ।बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सडक निमार्ण गर्नको लागि सवारी साधनको आवतजावत बन्न गर्नुपर्ने भएकाले एक हप्ता फोहोर उठाउन नसकिने महानगरले जनाएको छ ।