कोरोना भाइरसविरुद्ध इब्राहिमोभिचको अभियान

फुटबलर ज्लाटन इब्राहिमोभिचले कोरोना भाइरसबाट पीडितको सहयोगार्थ सहयोग संकलन अभियान थालेका छन् । उनले त्यसका

सम्बन्धित सामग्री

भारतमा एकैदिन थपिए तीन लाख ३३ हजारभन्दा बढी कोरोना संक्रमित

माघ ९, नयाँ दिल्ली (भारत) । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप तीन लाख ३३ हजार ५३३ जना संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कुल संक्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २६४ रहेको जानकारी दिइएको छ । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै आइरहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतवार जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार भारतमा अहिले सक्रिय संक्रमित अवस्था २१ लाख ८७ हजार २०५ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई लाख ५९ हजार १६८ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाटmसंक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या तीन करोड ६५ लाख ६० हजार ६५० पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३ दशमलव १८ प्रतिशत रहेको जानकारी दिइएको छ । पछिल्लो एक दिनमा ५२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या चार लाख ८९ हजार ४०९ रहेको छ । कोरोना शुरु भएदेखि हालसम्म भारतमा ७१ करोड ५५ लाख २० हजार भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।  यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६१ करोड ९२ लाख  ८४ हजारभन्दा बढीले कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ । रासस/एएनआई

भारतमा थपिए ९ हजार १९५ जना कोरोना संक्रमित

पुस १४, नयाँदिल्ली(भारत) । भारतमा कोरोना भाइरसबाट थप ९ हजार १९५ जना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालययले बुधवार दिएको जानकारी अनुसार विगत २४ घण्टामा थपिएका संक्रमितहरु मध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । यसैसँगै भारतमा कुल कोरोना संक्रमित संख्या ३ करोड ४८ लाख ८ हजार ८८६ पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।            सोही अवधिमा थप ३०२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या ४ लाख ८० हजार ५९२ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या ७७ हजार २ जना रहेका छन् । अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कुल संक्रमितको संख्याको शून्य दशमलव २२ प्रतिशत मात्रै रहेको मन्त्रालयले बताएको छ । सक्रिय संक्रमितको यो संख्या सन् २०२० मार्चपछि सबभन्दा कम  हो ।       गएको २४ घण्टामा भारतमा ७ हजार ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म ३ करोड ४२ लाख ५१ हजार २९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८ दशमलव ४० प्रतिशत रहेको बताइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।            भारतमा हालसम्म ६७ करोड ४१ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा १ अर्ब ४३ करोड १५ लाख ३५ हजार ६४१ भन्दा बढी डोज खोप लगाइएको छ । रासस/ एएनआई

भारतमा थपिए सात हजार ४९५ जना कोरोना संक्रमित, २३६ जनालाई ओमिक्रोन संक्रमण

पुस ८, नयाँदिल्ली (भारत) । भारतमा कोरोना भाइरसबाट थप सात हजार ४९५ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीवार जानकारी दिएको छ ।  ती मध्ये २३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ६५ जना दिल्लीमा ५४, तेलङ्गानामा २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको समाचारमा जानकारी दिइएको छ ।    सोही अवधिमा थप ४३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७८ हजार ७५९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । पछिल्ला हप्ताहरुमा संक्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या ७८ हजार २९१ रहेको छ । अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कुल संक्रमितको संख्याको शून्य दशमलव २३ प्रतिशत मात्रै रहेको मन्त्रालयले जानकारी दिएको छ । सक्रिय संक्रमितको यो संख्या ५७६ दिनको नै सबभन्दा कम रहेको अधिकारीले जानकारी दिएका छन् । गएको २४ घण्टामा भारतमा छ हजार ९६० कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४२ लाख ८ हजार ९२६ जनालाई कोरोना संक्रमण निको भएका छन् ।  भारतमा कोरोना भाइरस निको हुने दर ९८ दशमलव ४१ प्रतिशत रहेको जानकारी दिइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जानकारी दिइएको छ । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड ८६ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ४० लाख भन्दा बढी डोज खोप लगाइएको जानकारी दिइएको छ । रासस/एएनआइ

भारतमा थप ७ हजार ४४७ जनामा कोरोना संक्रमण पुष्टि

पुस २,  नयाँदिल्ली( भारत) । भारतमा कोरोना भाइरसबाट थप ७ हजार ४४७ जना संक्रमित भएका छन् । सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४ लाख ७६ हजार ८६९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।            भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या ८६ हजार ४१५ रहेको छ । अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कुल संक्रमितका संख्याको शून्य दशमलव २५ प्रतिशत मात्रै रहेको मन्त्रालयले बताएको छ । यो संख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले बताएका छन् ।      गएको २४ घण्टामा भारतमा ७ हजार ८८६ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म ३ करोड ४१ लाख ६२ हजार ७६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८ दशमलव ३८ प्रतिशत रहेको बताइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी   हो ।       भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्व ३५ करोड ९९ लाख ९६ हजार २६७ डोज खोप लगाइएको छ । रासस/ एएनआई

भारतमा थपिए ७ हजार ३५० कोरोना संक्रमित, २०२ जनाको मृत्यु

मंसिर २७ नयाँदिल्ली (भारत) । भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना संक्रमण देखापरेको छ । यसै अवधिमा कोरोना संक्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमवार जानकारी दिएको छ । भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमवार जनाएको छ । यो संख्या ५६१ दिनयताको नै सबभन्दा कम भएको पनि समाचारमा जानकारी दिइएको छ । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमतिको १ प्रतिशतभन्दा कम भएको जानकारी दिइएको छ । सक्रिय संक्रमितको यो संख्या शून्य दशमलव २६ प्रतिशत रहेको समाचारमा जानकारी दिइएको छ । यो संख्या सन् २०२० मार्चपछिको सबभन्दा कम हो । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ६३६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । गएको २४ घण्टामा भारतमा सात हजार ९७३ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख  ३० हजार ७६८ लाई कोरोनाको संक्रमण निको भएको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९८ दशमलव ३७ प्रतिशत रहेको जानकारी दिइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ६६ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३३ करोड १७ लाख डोज खोप लगाइएको जानकारी दिइएको छ । रासस/एएनआइ

भारतमा थपिए ८ हजार ५०३ जना कोरोना संक्रमित

मंसिर २६, नयाँदिल्ली(भारत) । भारतमा गत २४ घण्टामा ७ हजार ७७४ जनामा कोरोना संक्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय संक्रमित रहेको  केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतवार जानकारी दिएको छ । यसै अवधीमा कोरोना संक्रमणबाट ३०६ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म ४ लाख ७५ हजार ४३४ जनाको मृत्यु भएको छ ।       गएको २४ घण्टामा भारतमा ८ हजार ४६४ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म ३ करोड ४१ लाख २२ हजार ७९५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८ दशमलव ३६ प्रतिशत रहेको बताइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको पनि बताइएको छ ।            भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ५८ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ३२ करोड ९३ लाख डोज खोप लगाइएको छ । रासस/  एएनआई

भारतमा थप ३१ हजार ९२३ जनामा कोरोना संक्रमण पुष्टि

असोज ७, नयाँदिल्ली  । पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् । अधिकारीहरुले बिहीवार दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय संक्रमित अवस्थामै रहेकाको सङ्ख्या ३ लाख १ हजार ६०४ रहेका छन् । यो सङ्ख्या १८७ दिनपछि कै सबैभन्दा कम हो । भारतमा संक्रमित अवस्थामै रहेकाको सङ्ख्या छ महीना पछिकै सबैभन्दा कम भएको बताइएको छ ।            भारतमा सक्रिय संक्रमितको सङ्ख्या पछिल्लो समयलगातार घट्दै गएको छ । दैनिक नयाँ संक्रमितभन्दा दैनिक संक्रमणमुक्त भएकाको सङ्ख्या बढी हुँदै गएकाले सक्रिय संक्रमितको सङ्ख्या घट्दै गएको हो । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको शून्य दशमलव ९० प्रतिशत भएको बताइएको छ । सन् २०२० को मार्च महिनापछि अहिले सक्रिय संक्रमितको यो संख्या सवभन्दा कम हो ।             पछिल्लो २४ घण्टामा ३१ हजार ९९० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको देखिएको अधिकारीले बताएका छन् । योसँगै भारतमा अहिलेसम्म ३ करोड २८ लाख १५ हजार ७३१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यहाँ कोरोनाका कारण अहिलेसम्म ४ लाख ४६ हजार ५० जनाको मृत्यु भएको छ । तीमध्ये २८२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको बताइएको छ ।            भारतमा कोरोना शुरु भएदेखि हालसम्म ५५ करोड ८३ लाख ६७ हजार १३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको बताइएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो सयमदेखि हालसम्म ८३ करोड ३९ लाख ९० हजार ४९ डोज खोप लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/  एएनआई

भारतमा थप ४१ हजार ९६५ जना कोरोना भाइरस संक्रमित

भदौ १६, नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट मंगलवार थप ४१ हजार ९६५ जना संक्रमित भएका छन् ।             सोही अवधिमा ४६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार जानकारी दिएको छ । कोरोना भाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म ४ लाख ३९ हजार २० जनाको मृत्यु भएको पनि मन्त्रालय बताएको छ ।             पछिल्लो २४ घण्टामा देशभरका संक्रमितमध्ये केरलामा मात्रै ३० हजार २०३ जना संक्रमित भएको अधिकारीले बताएका छन् । सोही अवधिमा केरलामा ११५ जनाको मृत्यु भएको छ ।             अहिलेसम्म कुल ३ करोड १९ लाख ९३ हजार ६४४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । तीमध्ये ३३ हजार ९६४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् । भारतमा कोरोना संक्रमितको कुल संख्याको ९७ दशमलव ५१ प्रतिशत कोरोना संक्रमणबाट निको भएका छन् ।             भारतमा अहिलेसम्म कुल संक्रमित ३ करोड २७ लाख ६८ हजार ८८० जना पुगेका मन्त्रालयले बुधवार बताएको छ । कुल संक्रमितमध्ये ३ लाख ७८ हजार १८१ जना अहिले पनि संक्रमित  अवस्थामै रहेका छन् । यो संख्या कुल संक्रमितमध्येको १ दशमलव १५ प्रतिशत हो ।             भारतमाा कोरोना भाइरस शुरु भएदेखि हालसम्म ५२ करोड ३१ लाख ८४ हजार २९३ जनालाई कोरोना भाइरसको परिक्षण गरिएको छ । मंगलवार एकै दिनमा १६ लाख ६ हजार ७८५ जना कोरोना परिक्षण भएको समाचारमा बताइएको छ ।             यहाँ गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म ६४ करोड ४१ लाख डोज कोरोनाविरुद्धको खोप लगाइएको समाचारमा बताइएको छ । गत अगस्तभर मात्र १८ करोड ३ लाख डोज कोरोनाविरुद्ध खोप लगाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।  रासस/ एएनआई

भारतमा १ करोड ४२ लाख भन्दा बढी कोरोना बिरुद्ध खोप लगाए

नयाँदिल्ली / भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी... The post भारतमा १ करोड ४२ लाख भन्दा बढी कोरोना बिरुद्ध खोप लगाए appeared first on Purbeli News.

महासंघद्वारा लकडाउनबाट प्रभावितलाई सहयोग

कोरोना भाइरस संक्रमण रोकथामका लागि मुलुकभित्र जारी लकडाउनका समयमा बिहान–बेलुका हातमुख जोर्न समस्या भएका श्रमिक÷कामदारहरूको सहयोगार्थ नेपाल उद्योग वाणिज्य महासंघद्वारा पहिलो चरणमा ४ हजार प्याकेट राहत सामग्री वितरण गरिएको छ ।बाँचौं र बचाऔं अभियानमा महासंघद्वारा कोरोना भाइरसविरुद्ध सहयोग अभियान २०२० सञ्चालन गरी राहत सामग्री संकलन कार्य जारी गरिएको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र महासंघका अध्यक्ष भवानी राणाले आइतबार काठमाडौंमा एक कार्यक्रमबीच संयुक्त रूपमा राहत सामग्री हस्तान्तरण गरिन् ।