भारतमा एकैदिन थपिए तीन लाख ३३ हजारभन्दा बढी कोरोना संक्रमित

माघ ९, नयाँ दिल्ली (भारत) । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप तीन लाख ३३ हजार ५३३ जना संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कुल संक्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २६४ रहेको जानकारी दिइएको छ । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै आइरहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतवार जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार भारतमा अहिले सक्रिय संक्रमित अवस्था २१ लाख ८७ हजार २०५ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई लाख ५९ हजार १६८ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाटmसंक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या तीन करोड ६५ लाख ६० हजार ६५० पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३ दशमलव १८ प्रतिशत रहेको जानकारी दिइएको छ । पछिल्लो एक दिनमा ५२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या चार लाख ८९ हजार ४०९ रहेको छ । कोरोना शुरु भएदेखि हालसम्म भारतमा ७१ करोड ५५ लाख २० हजार भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।  यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६१ करोड ९२ लाख  ८४ हजारभन्दा बढीले कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ । रासस/एएनआई 

सम्बन्धित सामग्री

भारतमा एकैदिन थपिए १७ हजारभन्दा बढीमा कोरोना संक्रमित

काठमाडाैँ – छिमेकी मुलुक भारतमा पछिल्ला दिनहरूमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन्। भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी […]

भारतमा एकैदिन थपिए १७ हजारभन्दा बढी कोरोना संक्रमित

छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।

भारतमा एकैदिन थपिए १८ हजार कोरोना संक्रमित

२४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन्।

भारतमा एकैदिन थपिए १२ हजार भन्दाबढी कोरोना संक्रमित

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२ हजार २४९ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ। भारतमा बुधबार कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु […]

भारतमा एकैदिन २३ सय कोरोना संक्रमित थपिए

एजेन्सी, ८ बैशाख । भारतमा आज फेरि कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८० नयाँ कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै यस अवधिमा ५६ जना बिरामीको पनि कोरोनाका कारण मृत्यु भएको छ । यस अवधिमा १ हजार २ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज […]

भारतमा एकैदिन २ लाख ८२ हजार संक्रमित थपिए

एजेन्सी, ५ माघ । विश्वभर कोरोना भाइरस संक्रमणदर निकै बृद्धि भएको छ । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजार ९७० जना कोरोना संक्रमित भएका हुन् । यसैगरी ४ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, १ लाख ८८ हजार १५७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १८ […]

भारतमा एकैदिन थपिए  दुई लाख ६४ हजार कोरोना संक्रमित

काठमाडौं: भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।यसैसँगै भारतमा कूल संक्रमितको संख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ। सोही अवधिमा थप ३१५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८५ हजार ३५० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।हाल भारतमा पाँच हजार ७५३ ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्त्रालयले शुक्रबार जानका

भारतमा एकै दिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

एजेन्सी, २५ पौष । भारतमा एकैदिन डेढ लाख कोरोना भाइरसको संक्रमित भएका छन् । निरन्तर दुई दिन डेढ लाखभन्दा बढी संक्रमित भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले १ लाख ५९ हजार ६ सय ३२ लाई कोरोना संक्रमण भएको जनाएको छ । नयाँ प्रजातिको ओमिक्रन ३६ सय २३ लाई भएको छ । भारतमा लकडाउनको तयारीबारे चर्चा […]

भारतमा एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

२५ पुष, काठमाडौं । छिमेकी मुलुक भारतमा तेस्रो लहर सुरु भएसँगै कोभिड-१९ का संक्रमित अचानक बढ्न थालेका छन् । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, उक्त अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ […]