असोज ७, नयाँदिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।
योसँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् । अधिकारीहरुले बिहीवार दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय संक्रमित अवस्थामै रहेकाको सङ्ख्या ३ लाख १ हजार ६०४ रहेका छन् । यो सङ्ख्या १८७ दिनपछि कै सबैभन्दा कम हो । भारतमा संक्रमित अवस्थामै रहेकाको सङ्ख्या छ महीना पछिकै सबैभन्दा कम भएको बताइएको छ ।
भारतमा सक्रिय संक्रमितको सङ्ख्या पछिल्लो समयलगातार घट्दै गएको छ । दैनिक नयाँ संक्रमितभन्दा दैनिक संक्रमणमुक्त भएकाको सङ्ख्या बढी हुँदै गएकाले सक्रिय संक्रमितको सङ्ख्या घट्दै गएको हो । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको शून्य दशमलव ९० प्रतिशत भएको बताइएको छ । सन् २०२० को मार्च महिनापछि अहिले सक्रिय संक्रमितको यो संख्या सवभन्दा कम हो ।
पछिल्लो २४ घण्टामा ३१ हजार ९९० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको देखिएको अधिकारीले बताएका छन् । योसँगै भारतमा अहिलेसम्म ३ करोड २८ लाख १५ हजार ७३१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यहाँ कोरोनाका कारण अहिलेसम्म ४ लाख ४६ हजार ५० जनाको मृत्यु भएको छ । तीमध्ये २८२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको बताइएको छ ।
भारतमा कोरोना शुरु भएदेखि हालसम्म ५५ करोड ८३ लाख ६७ हजार १३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको बताइएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो सयमदेखि हालसम्म ८३ करोड ३९ लाख ९० हजार ४९ डोज खोप लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/ एएनआई