काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । झन्डै एक महिनादेखि ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ । गिरिका आफन्तले पनि उहाँको अवस्था जटिल बन्दै गएको बताएका छन् ।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किनुभएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो हप्ता नै मेडिसिटीमा भर्ना हुनुभएको थियो । आज गिरीलाई भेटेर आएपछि कांग्रेस नेता विमलेन्द्र निधिले ट्वीट गरेर उहाँको स्वास्थ्य अवस्थाप्रति स्...