कैलाली । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थाल्नुभएका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हाे । तर उहाँले औषधी लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । अस्पतालले भेटघाटमा समेत रोक लगाएको छ […]