काठमाण्डाै - इथियोपियामा विद्रोही समूह टिग्रेका साढे ५ हजारभन्दा धेरै लडाकु मारिएका सेनाले दाबी गरेको छ ।
भर्खरै गरेको कारबाहीमा मात्र ५ हजार ६ सय विद्रोही मारिएको इथियोपियाली सेनाले दाबी गरेको हो ।
गएको नोभेम्बरदेखि सेनाले विद्रोही समूह विरुद्ध कारबाहीलाई तीव्र पारेको छ । विद्रोही समूहले इथियोपियाको अमहारा र अफार क्षेत्र लगभग कब्जामा लिइसकेको अवस्थामा सेनाले उनीहरु विरुद्ध आक्रमण तीव्र पारेको हो ।
विद्रोही र इथियोपियाली सेनाबीच पछिल्लो समय भएको सङ्घर्षका कारण हजारौँ नागरिक सुडान पलायन ...