कर्णालीमा गैरसांसद बने मन्त्री, सरकारले पायो पूर्णता

२३ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गैरसांसदलाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री शाहीले आइतबार नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई/दुई र एकीकृत समाजवादीबाट एक मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री शाही संसदीय दलको नेता रहेको कांग्रेसबाट यज्ञबहादुर बिसी सामाजिक विकास र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । माओवादी केन्द्रबाट […]

सम्बन्धित सामग्री

देउवाको मन्त्रिपरिषद्‌मा दुई जना गैरसांसद

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा दुई जना गैरसांसद मन्त्री हुने भएका छन् । नेकपा (एकीकृत समाजवादी) ले आइतबार बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन सिफारिस गरेसँगै मन्त्रिपरिषदमा दुई जना गैर सांसद रहने भएका हुन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अछामका शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री बनाउन सिफारिस गरेका छन् । […]

गैरसांसद बने मन्त्री

काठमाडौं । प्रतिनिधि सभाको सांसद नै नरहेका अधिवक्ता गोविन्द शर्मा कोइराला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार कोइरालालाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् । सांसद नभए पनि मन्त्री बन्न सफल कोइराला कानुन क्षेत्रमा गोविन्दबन्दीका नामले परिचित छन् । उनी बढीमा ६ महिनाका लागि मन्त्रीमा नियुक्त भएका हुन् । उनी […]

गैरसांसद बन्दी बने कानुनमन्त्री

गैरसांसद गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त हुनुभएको छ । दैलेखको नारायण नगरपालिका कुईकानका बन्दी कानुनमन्त्री बन्नुभएको हो । नेपालको संविधानले सामान्यतया सांसद मात्र मन्त्री हुने व्यवस्था गरेको छ ।

गैरसांसद बने मन्त्री

काठमाडौं । प्रतिनिधि सभाको सांसद नै नरहेका अधिवक्ता गोविन्द शर्मा कोइराला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार कोइरालालाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् । सांसद नभए पनि मन्त्री बन्न सफल कोइराला कानुन क्षेत्रमा गोविन्दबन्दीका नामले परिचित छन् । उनी बढीमा ६ महिनाका लागि मन्त्रीमा नियुक्त भएका हुन् । उनी […] The post गैरसांसद बने मन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानन्यायाधीशका जेठान हमाललाई उद्याेगमन्त्री

प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भागवण्डा मागेको समाचार आइरहँदा गैरसांसद उहाँका जेठान हमाललाई मन्त्री बनाउन लागिएको हो ।

गैरसांसद सात मन्त्री सात दिनमै पदमुक्त

सर्वोच्चले भन्यो– मन्त्रीहरूको नियुक्ति प्रथम दृष्टिमै संविधानविपरीत सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीको शपथ र नियुक्ति बदर गरेको छ । गैरसांसदको नियुक्ति प्रथम दृष्टिमै बदरभागी रहेको निष्कर्षसहित सर्वोच्चले बिहीबार उनीहरूलाई मन्त्रीको हैसियतमा काम...

सातजना मन्त्रीको नियुक्त बदरबारे सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं। सातजना गैरसांसद मन्त्रीहरुलाई पदमुक्त गर्न माग गर्दै दायर भएको रिटमाथि आज सुनुवाइ हुँदैछ। आज प्रधानन्यायाधीश चालेन्द्र शम्सेर जबराको इजलासमा सुनुवाइ हुँदैछ। गैरसांसदलाई मन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भएकाले अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। हाल मन्त्रिपरिषदमा अहिले सातजना गैरसांसद मन्त्रीहरु छन्।

सरकारका एक तिहाई मन्त्री गैरसांसद

५ वैशाख, काठमाडौं । राष्ट्रियसभा सदस्य खोसिएसँगै गृहमन्त्रीबाट पदमुक्त भएको केही घण्टामै रामबहादुर थापाले पुन:नियुक्ति पाए । प्रधानमन्त्री केपी शर्मा ओलीले, संघीय संसदको सदस्य नभएका व्यक्ति पनि मन्त्री बन्नसक्ने संविधानको धारा ७८ (१) अनुसार थापालाई पुनः मन्त्री नियुक्त गरेर गृहको जिम्मेवारी दिएका हुन् । थापाले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएर पदभार पनि ग्रहण […]