काठमाडौं। सातजना गैरसांसद मन्त्रीहरुलाई पदमुक्त गर्न माग गर्दै दायर भएको रिटमाथि आज सुनुवाइ हुँदैछ। आज प्रधानन्यायाधीश चालेन्द्र शम्सेर जबराको इजलासमा सुनुवाइ हुँदैछ। गैरसांसदलाई मन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भएकाले अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। हाल मन्त्रिपरिषदमा अहिले सातजना गैरसांसद मन्त्रीहरु छन्।