देउवाको मन्त्रिपरिषद्‌मा दुई जना गैरसांसद

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा दुई जना गैरसांसद मन्त्री हुने भएका छन् । नेकपा (एकीकृत समाजवादी) ले आइतबार बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन सिफारिस गरेसँगै मन्त्रिपरिषदमा दुई जना गैर सांसद रहने भएका हुन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अछामका शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री बनाउन सिफारिस गरेका छन् । […]