गैरसांसद गोबिन्द बन्दीलाई देउवाले बनाए कानुनमन्त्री, बडूलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायी गोबिन्द बन्दीलाई कानुनमन्त्री बनाएका छन्। गैरसांसद बन्दीलाई मन्त्री बनााउन उनले बिहीवार सिफारिस गरेका हुन्। राष्ट्रपति कार्यालयमा दिउँसो २ बजेका लागि उनको सपथको तयारी भएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। बन्दीले मिलिनियम च्लायनेन्ज कर्पोरेशन एमसीसी संसद्बाट पारित गराउन सत्ता गठबन्धनलाई सघाएका थिए।…