लकडाउनकै अनुभूति। रित्तो सडक। सडक किनारमा सटरले छोपिएका पसलहरु। फाट्टफुट्ट मानिस। अनि चर्को घाम। पछाडि रुक्स्याक र हातमा झोला भिर्दै गौशालाबाट विमानस्थलतिर हिँडिरहेका युवा। ती पक्कै मरूभूमिमा जीवन खोज्न हिँडिरहेका छन्। एक वर्षअघि गरेको लकडाउनको फल यतिखेर लाग्नुपर्थ्यो सायद। बीऊ छरेर उम्रियो उम्रिएन, ख्याल समेत नगर्दा जसरी टुसा नै सुकेर…