लकडाउन हटेपछिको सीमा व्यवस्थापन

कोरोना साम्य भएपछिको समयलाई अवसरका रूपमा लिई भारतसँगको खुला सीमा नियमन गर्नुपर्छ कोरोना भाइरस संक्रमणका कारण

सम्बन्धित सामग्री

संक्रमण बढे स्मार्ट लकडाउन !

२३ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् । सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन तथा कोभिड–१९ विरुद्ध […]

के मुक्ति सम्भव छ ?

देश एक प्रकारले ठप्प छ । किनकि देशमा सरकार भन्ने जीव छ पनि, छैन पनि । खाने बेलामा सरकार छ तर काम गर्ने बेलामा छैन । आज नयाँ सरकार बनेको १७औं दिन भैसक्दा पनि सरकारले पूर्णता पाएको छैन । यता हरेक दलभित्र कलहको सलह पसेको छ । कलहको कारण कुर्सी । कुर्सी थोरै आकांक्षी धेरै । सरकारको प्रमुख काम नै कुर्सी व्यवस्थापन । कुर्सीको कमानी खुस्कियो कि सरकार खुस्कियो । यसरी सरकार पनि बाधा वा बन्धनहरूबाट मुक्त छैन । प्राकृतिक फूलबाट मुक्त भएर प्लाष्टिक र क्याक्टस सौन्दर्यबोधको नयाँ प्रतीक बनेर हाम्रा ड्रइङरूमहरूमा सजिइरहेका छन् । यसरी हामीले हाम्रो परम्पराबाट मुक्ति प्राप्त गरेर आधुनिकताको मदिरा पिइरहेका छौं । सरकार जनतालाई र देशलाई विभिन्न बन्धनहरू, जस्तै– अशिक्षा, गरीबी आदिबाट मुक्त गराउन चाहन्छ । तर ऊ आफै विभिन्न बन्धनमा बाँधिएको छ र तिनबाट उसैलाई मुक्ति चाहिएको छ । सबै सांसदलाई मन्त्री बन्नु छ । प्रधानमन्त्रीले कसलाई मात्रै मन्त्री बनाउनु ? मन्त्री बनाउने समस्याबाट सरकार मुक्त हुनासाथ देशलाई कसरी सबै समस्याहरूबाट मुक्त गराउने भनेर लाग्ने होला । त्यसपछि मात्र संसद्ले बिजनेश पाउने होला । नेतागणले त पुरानोबाट मुक्ति दिलाएर सामाजिक मूल्य मान्यताको परिभाषा नै फेरिदिएका छन् । उनीहरूले एकअर्कालाई गर्ने सम्बोधनहरू हामीलाई असभ्य गाली लाग्छन् । तर आश्चर्य ! उनीहरू त्यसैमा तालीे पो खान्छन् । जनताले उनीहरूको भाषा बुझ्दैनन् र अक्क, बक्क र छक्क पर्छन् । उनीहरू पनि जनताको भाषा बुझ्दैनन् र आफैमा मख्ख पर्छन् । हामी २१औं शताब्दीमा छौं । तर प्रजातन्त्रका रक्षक अर्थात् नेताहरू भने २१औं शताव्दीबाट मुक्त भई २२औं शताब्दीमा पुगिसके । उनीहरूले नैतिकता, देशभक्ति, सामाजिक तथा मानवीय मूल्य मान्यतालाई उहिल्यैदेखि मुक्ति दिइसकेका छन् । उनीहरू देश, समाजभन्दा पहिल्यै अग्रगामी छलाङ मारेर २१औं शताब्दीमा पुगेका थिए । अग्रगामी छलाङ मार्ने भनेको आफ्नालाई तार्ने, अरूलाई झार्ने हो । त्यसैले उनीहरूको विचार, व्यवहार अहिलेको समाजसँग मिल्दैन । भन्दा समाजवाद, व्यवहारमा दलाल पूँजीवाद । उनीहरूको मूल्य मान्यता भनेकै कुर्सीका लागि धन र धनका लागि कुर्सी हो । किनकि यो नै उनीहरूका लागि परम् आनन्द अर्थात् मुक्तिको मार्ग हो । उनीहरूको विचारमा उनीहरूले पहिला मुक्ति प्राप्त गरेपछि अनि जनताकै पालो आउँछ । जनताले अहिले सीधै मुक्ति नपाए पनि क्षेत्रगत हिसाबले भने सरकारले मुक्तिको अभियान चलाइरहेकै छ । उदाहरण :– देशको अर्थव्यवस्थालाई अर्थमन्त्री, अर्थ मन्त्रालय वा भनौं सरकारको पकडबाट मुक्त गराएर माफियाकोमा पुर्‍याइसकिएको छ । खासमा सरकारले अर्थव्यवस्थाको जिम्मा सरकारबाट निजीक्षेत्रमा पु¥याउन खोजेको थियो । तर बीचमा बिचौलिया र माफियाकोमा चैं पुग्यो । तर जे होस्, अर्थ मन्त्रालय र सरकारबाट चंै अर्थव्यवस्था मुक्त भएको छ । त्यस्तै शिक्षाक्षेत्र त सरकारबाट उहिल्यै मुक्त भइसकेको हो । लकडाउन अगाडि सरकारी स्कूल, कलेजहरू आफ्नो कक्षाको हलमा भन्दा सिनेमा हलहरूमा बढी चल्थे । विद्यार्थीहरू विश्वविद्यालयको बाहिर, सडकमा वा पार्टी कार्यालयमा बढी भेटिन्थे । सरकारी बाहेकका स्कूल कलेजबाट पनि खास शिक्षामुक्त भइ नै सकेको थियो । सामान्य बेलामा पनि शिक्षण संस्थाहरू खुल्ने भन्दा बन्द रहने दिन धेरै रहन्थे । हुँदा हुँदा सबैतिरबाट मुक्त भएर गेस पेपरमा खुम्चिन पुगेको शिक्षा अहिले कम्प्युटर र मोबाइलमा फैलिन पुगेको छ । अर्थात् किताबले विद्यार्थीहरूबाट मुक्ति पाएको छ । अथवा भनौं विद्यार्थीहरूले किताबबाट मुक्ति पाएका छन् । विगत ३० वर्षदेखि सबै शिक्षण संस्थाको एउटै उद्देश्य शिक्षित युवालाई देशबाट मुक्ति दिलाएर विदेश नै पुर्‍याउने थियो र छ । यसरी शिक्षा व्यवस्था पनि सबैतिरबाट मुक्त छ । युवाहरू आफै पनि परिवार र अझ देशबाट मुक्ति चाहन्छन् । त्यसैले सधैं विदेश जाने लाइनमै छन् । स्वास्थ्य क्षेत्र त सरकारबाट अझ धेरै मुक्त छ । त्यसैले त कतिपय अस्पतालहरूमा बिरामीहरूले समयभन्दा धेरै पहिले जीवनबाटै मुक्ति पाउने गरेका रिपोर्टहरू आइरहन्छन् । निजी अस्पतालको बिल तिर्दा तिर्दा आफ्नो घरजग्गा, श्रीसम्पत्तिबाट मुक्ति पाएर सुकुमवासी बनेका त कति छन् कति । मुक्तिको यो चक्करमा गाउँ आफ्नो मूलभूत चरित्र सौहार्द, प्रेम र सहानुभूतिबाट मुक्त भएको छ । त्यहाँको संस्कृति, रीतिरिवाज, परम्परा, श्रम, मूल्य मान्यतामाथि शहरी चमकधमक हाबी छ । यो मुक्तिको मौसममा गाउँलाई टाउन, टाउनलाई नगर, नगरलाई महानगर बनाउने मुिक्तदौड चलिरहेको छ । र, हामी मुक्त मुक्त अनुभव गरिरहेका छौं । प्राकृतिक फूलबाट मुक्त भएर प्लाष्टिक र क्याक्टस सौन्दर्यबोधको नयाँ प्रतीक बनेर हाम्रा ड्रइङरूमहरूमा सजिइरहेका छन् । यसरी हामीले हाम्रो परम्पराबाट मुक्ति प्राप्त गरेर आधुनिकताको मदिरा पिइरहेका छौं । र, पश्चिमी दर्शनलाई आफनो भर्सन बनाउन दौडधुप गरिरहेकै छौं । नेपाली संगीत, कला, साहित्यमा पनि मुक्तिवाद नै चलिरहेको छ । त्यसैले सबै कुरामा उपभोक्तावाद हावी छ । विक्री गर्नका लागि लेख र लेख्नका लागि बिक । त्यसैले त अहिले प्रयोगवाद, प्रगतिवाद बिक्दैन, जनवाद बिक्छ, धनवाद बिक्छ । आधुनिकतावाद पुरानो भयो । अब उत्तर आधुनिकतावाद पो बिक्छ । बजारमा आकर्षक खोल ओढाएर विज्ञापन गर्नुस्, सबै कुरा बिक्छ । बेच वा आफै बिक र कुनै पनि दायित्वबाट मुक्त होऊ । पहिले सभ्यता, सौम्यता र सौन्दर्यका लागि पनि पूर्ण वस्त्र लगाउने गरिन्थ्यो । अहिले यो बन्धनबाट मुक्ति खोजिँदै छ र कमभन्दा कम लुगा लगाएर शरीरलाई कपडाबाट मुक्त गर्ने चलन आएको छ । ‘आफूसँग भएको चीज किन नदेखाउने’ भन्छन् अभिनेत्रीहरू । यसरी वस्त्रमुक्त हुने मुक्तिको अर्को युग, अर्थात् वस्त्रमुक्तयुुग शुरू भएको छ । उता छिमेकीले सीमा तोड्दै गर्दा यता हामीले आप्mना मर्यादाका सीमा भत्काउँदै छौं । किनकि हामी मुक्ति जो चाहन्छौं । यसरी अहिले सबैतिर मुक्तिको आवाज छ । तर के मुक्ति सम्भव छ ? के दानवहरूको बीचमा बसेका सामान्य मानवहरूले रोग, भोग, शोक र अशिक्षाबाट सजिलै मुक्ति पाउन सक्लान् र ? तपाईंलाई के लाग्छ ?

बाँकेमा एक हप्ता लकडाउन गर्न सिफारिस

बाँके – बाँकेमा यही वैशाख ९ गतेदेखि लकडाउन गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सिफारिस गरेको छ । डीसीसीएमसीको मङ्गलवार (आज) बसेको बैठकले अत्यावश्यक सेवा र निर्माण कार्यबाहेक सवै सेवा र काम कम्तीमा सात दिनसम्म प्रतिबन्ध लगाउन वा लकडाउन गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरेको हो । बैठकले जिल्लाभर स्वास्थ्य मापदण्ड पालनाका लागि प्रचारप्रसार गर्ने, स्वास्थ्य उपचार र अत्यावश्यक कामबाहेक सीमा नाकामा आवागमन बन्द गर्ने, पालिकामा आइसोलेसन केन्द्र सञ्चालन गर्ने, मापदण्ड पुग...

बढ्दैछन् कोरोना विजेता : सिमानामा आउने–जानेको चाप

नेपाल–भारतका खुल्ला सीमा व्यवस्थापन गर्ने सरकारी रणनीति अनुसार आधिकारिक सीमाबाट नेपाल आउने र जाने क्रम बढेको छ । पछिल्लो पटक लकडाउन व्यवस्थित र खुकुलो बनिरहँदा नेपालीहरू आउने र भारतीयहरू जाने क्रम बढेको हो । प्रदेशको कोरोना सङ्कट व्यवस्थापन समितिको केही दिअघिको बैठकले हरेक जिल्लामा एक मात्र सीमाबाट आउने जाने ब्यवस्था गर्ने निर्णय गरेको थियो । चार सयभन्दा धेरै किलोमिटर खुल्ला सीमा रहेको यो प्रदेशमा अवैध किसिमले आउने जाने क्रम तीव्र बनेको थियो । जसका कारण कोरोना सङ्क्रमणको जोखिम बढिरहेको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा तारबार लगाउन माग

भारतले पटक–पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सावैभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने गरी तारबार लगाउन माग गर्नुभएको छ । कोरोनाको सङ्क्रमण फैलन नदिन लकडाउन जारी रहेको बेला पछिल्लोपटक नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेको र नेपालको अस्मितामाथि नै हमला गरेकाले सीमा क्षेत्रमा तत्काल तारबार गर्न उहाँहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सीमा अतिक्रमणविरुद्ध सरकारले कूटनीतिक पहल गर्नुपर्ने र आफ्नो भूमि एक इन्च पनि नछाड्ने गरी प्रक्रिया अगाडि बढाउन सांसदले माग गर्नुभयो ।

नेपाल–भारत सहमति जो जहाँ छन् त्यहीँ व्यवस्थापन

नेपाल र भारतबीच सीमा नाका बन्दसँगै देशभित्र यति बेला लकडाउनको अवस्था छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेको छ । घोषणाकै क्रममा भारतका विभिन्न क्षेत्रबाट नेपाल फर्कंदै गरेका केही नेपाली नागरिक अझै पनि सीमापारि अलपत्र छन् भने कतिपय भारतीय नागरिक पनि भारत जान सिमानामा बसेका छन् ।

पाँच सयभन्दा बढी नेपाली सीमा क्षेत्रमा अलपत्र

दार्चुला : नेपाल र भारत दुबै देशमा लकडाउन गरिँदा सीमा क्षेत्रमा ५ सयभन्दा बढी नेपाली नागरिक अलपत्र परेका छन्। बैतडी, बझाङ र जाजरकोटका नेपाली समेत दार्चुलाको सिमावर्ती क्षेत्रमा नेपाल प्रवेशका लागि आएको र नेपालतिर उनीहरूलाई व्यवस्थापन गर्ने कुनै तयारी नभएकाले उनीहरूलाई नेपाल भित्र्याउने कुनै योजना नभएको प्रमुख जिल्ला अधिक...