बाँकेमा एक हप्ता लकडाउन गर्न सिफारिस

बाँके – बाँकेमा यही वैशाख ९ गतेदेखि लकडाउन गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सिफारिस गरेको छ । डीसीसीएमसीको मङ्गलवार (आज) बसेको बैठकले अत्यावश्यक सेवा र निर्माण कार्यबाहेक सवै सेवा र काम कम्तीमा सात दिनसम्म प्रतिबन्ध लगाउन वा लकडाउन गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरेको हो । बैठकले जिल्लाभर स्वास्थ्य मापदण्ड पालनाका लागि प्रचारप्रसार गर्ने, स्वास्थ्य उपचार र अत्यावश्यक कामबाहेक सीमा नाकामा आवागमन बन्द गर्ने, पालिकामा आइसोलेसन केन्द्र सञ्चालन गर्ने, मापदण्ड पुग...

सम्बन्धित सामग्री

बाँकेमा सोमबारबाट एक हप्ता लकडाउन

काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाँकेले भोलि (सोमबार) बाट लकडाउन गर्ने भएको छ। कार्यालयले आज एक सूचना जारी गरी कोरोना संक्रमण न्यूनीकरण गर्न सोमबार राति १२ बजेदेखि वैशाख २० गते रातिसम्म लकडाउन गर्ने जानकारी दिएको हो।सूचनाअनुसार अत्यावश्यक साधनबाहेक अन्य साधन सञ्चालन गर्न पाइने छैन। त्यस्तै अत्यावश्यक कामबाहेक घरबाहिर नजान पनि सूचनामा उल्लेख छ।

एक हप्ता लकडाउन गर्न सिफारिश

बाँके, ८ बैशाख । कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बिहीबारदेखि सात दिन लकडाउन गर्न सिफारिश गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मङ्गलबार बसेको बैठकले वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन गर्नुपर्ने सुझाव दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार बाँकेको कोरोना […]

नेपालगञ्जमा एक हप्ता लकडाउन

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज उपमानगर क्षेत्रभरमा आज मध्यरातिबाट एक हप्ता लकडाउन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुनेछ।बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको छ भने अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नुपरेको कार्यालयले जनाएको छ।

बाँकेमा एक साता लकडाउन गर्ने तयारी

काठमाडौं :  पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको बाँके जिल्लामा लकडाउन हुने भएको छ।   जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति बैठकले संक्रमण नियन्त्रण गर्न यही बैशाख ९ गते देखि एक साताका लागि जिल्लाभर लकडाउन गर्न लागिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनले भने, ‘संक्रमण बढ्दै गए पछि एक हप्ता लकडाउन गर्ने तयारी गरिएको हो।‘ भारतमा संक्रमण बढ्दै गएपछि सीमा जोडिएका कारण उक्त क्षेत्रबाट भित्रिनेको संख्या अत्यधिक भएको र कोरोनाका संक्रमित ...