नेपाल–भारतका खुल्ला सीमा व्यवस्थापन गर्ने सरकारी रणनीति अनुसार आधिकारिक सीमाबाट नेपाल आउने र जाने क्रम बढेको छ । पछिल्लो पटक लकडाउन व्यवस्थित र खुकुलो बनिरहँदा नेपालीहरू आउने र भारतीयहरू जाने क्रम बढेको हो ।
प्रदेशको कोरोना सङ्कट व्यवस्थापन समितिको केही दिअघिको बैठकले हरेक जिल्लामा एक मात्र सीमाबाट आउने जाने ब्यवस्था गर्ने निर्णय गरेको थियो । चार सयभन्दा धेरै किलोमिटर खुल्ला सीमा रहेको यो प्रदेशमा अवैध किसिमले आउने जाने क्रम तीव्र बनेको थियो । जसका कारण कोरोना सङ्क्रमणको जोखिम बढिरहेको छ ।