नेपाल र भारतबीच सीमा नाका बन्दसँगै देशभित्र यति बेला लकडाउनको अवस्था छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेको छ । घोषणाकै क्रममा भारतका विभिन्न क्षेत्रबाट नेपाल फर्कंदै गरेका केही नेपाली नागरिक अझै पनि सीमापारि अलपत्र छन् भने कतिपय भारतीय नागरिक पनि भारत जान सिमानामा बसेका छन् ।