तीन प्रदेशमा आज ठूलो वर्षा

काठमाडौं : तीन प्रदेशमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ। देशका केही भागमा रातिदेखि नै झरी परिरहेको छ। चितवन, रूपन्देही, कपिलवस्तु, पाल्पा, कैलाली, कञ्चनपुर, डलेलधुरा र आसपास केही स्थानमाा भारी वर्षा भएको छ। यी जिल्ला भएर बहने रिउखोला, तिनाउ, बाणगंगा, मोहना, खुट्टिया, स्याउली, चौधर, रंधुन लगायत साना नदीमा आकस्मिक बाढी हुन भएकाले सचेत रहन भनिएको छ।

सम्बन्धित सामग्री

भारतको उत्तर प्रदेशमा ठूलो वर्षा : पर्खाल भत्किँदा ९ जनाको ज्यान गयो

भारतको उत्तर प्रदेशमा ठूलो पानी परेको छ । विगत केही दिनदेखि लगातार परेको वर्षाले जनधनको क्षति भएको छ । लखनउमा पर्खाल भत्किँदा ९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तीन जना पुरुष, तीन महिला र तीन जना बालबालिका रहेका छन् । एक जना घाइते भएका छन् । लगातारको वर्षाका कारण कमजोर पर्खाल भत्किएको र त्यसबाट थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहतको घोषणा गर्नुभएको छ । भारतको मौसम विज्ञान विभागले उत्तर प्रदेशमा भोलिसम्म नै ठूलो वर्षा...

आज यी चार वटा प्रदेशमा ठूलाे पानी पर्ने

काठमाण्डाै – आज देशभरका विभिन्न चार प्रदेशमा ठूलाे पानी पर्ने अनुमान गरिएकाे छ । आज प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सतकर्ता अपनाउन मौसमविद्को आग्रह छ । अन्य प्रदेशमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । यस्तै, आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने अनुमान गरिएको छ ।

देशका धेरै ठाउँमा ठूलो वर्षा, कुन प्रदेशमा कति वर्षा ?

काठमाण्डाै - कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा लगातार झरी परिरहेको छ । वाग्मती, लुम्बिनी, गण्डकी, प्रदेश-१ र प्रदेश-२ का धेरै ठाउँमा अति ठूलो वर्षा भएको छ। अहिले पनि देशका धेरै ठाउँमा झरी परिरहेको छ । लगातारको झरीले देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ भने पहाडी क्षेत्रमा पहिरो जान थालेको छ । कुन प्रदेशमा कति वर्षा ? लुम्बिनी प्रदेश गएको २४ घण्टामा लुम्बिनी प्रदेशको रुपन्देही, नवलपुर र भैरहवामा अति ठूलो वर्षा मापन भएको छ । नवलपुरमा सबैभन्दा धेरै ४ सय २३ मि...

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने

काडमाडौं । मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेकोले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा […]

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा धेरै ठूलो वर्षा हुने

काठमाण्डाै - अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन नै यी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ । यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । तीन दिन नै ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम उच्च छ । यस्तै, आज वाग्मती प्रदेश र प्रदेश-१ मा पनि ठूलो पानी पर्ने उहाँले बताउनु भयो । मनसुन सक्रिय नै रहेकाले देशभरको मौसम बद्ली भएको छ भने धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । अबको तीन दिन नै देश...

देशका धेरै ठाउँमा ठूलो वर्षा, अझै केही दिन निरन्तर झरी पर्ने

काठमाण्डाै - अझै केही दिन निरन्तर झरी पर्ने मौसमविद्ले बताएका छन् । तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो। आउँदो तीन दिनसम्म नै हिजो आजको जस्तै झरी पर्ने उहाँले बताउनुभयो । अझै केही दिन देशभर बद्ली रहेर केही ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भने ठूलो पानी पर्नेछ । पछिल्लो २४ घण्टामा वाग्मती र गण्डकी प्रदेशमा ठूलो पानी परेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चितवनको गोविन्द बस्तीमा एक सय ६३ दशमलव ८ मिलीमिटर पानी परेको छ भने कल्याणपुरमा एक सय २१ दशमलव २ मिलीमिटर पानी परेको छ । ...