भारतको उत्तर प्रदेशमा ठूलो वर्षा : पर्खाल भत्किँदा ९ जनाको ज्यान गयो

भारतको उत्तर प्रदेशमा ठूलो पानी परेको छ । विगत केही दिनदेखि लगातार परेको वर्षाले जनधनको क्षति भएको छ । लखनउमा पर्खाल भत्किँदा ९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तीन जना पुरुष, तीन महिला र तीन जना बालबालिका रहेका छन् । एक जना घाइते भएका छन् । लगातारको वर्षाका कारण कमजोर पर्खाल भत्किएको र त्यसबाट थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहतको घोषणा गर्नुभएको छ । भारतको मौसम विज्ञान विभागले उत्तर प्रदेशमा भोलिसम्म नै ठूलो वर्षा...