गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा धेरै ठूलो वर्षा हुने

काठमाण्डाै - अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन नै यी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ । यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । तीन दिन नै ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम उच्च छ । यस्तै, आज वाग्मती प्रदेश र प्रदेश-१ मा पनि ठूलो पानी पर्ने उहाँले बताउनु भयो । मनसुन सक्रिय नै रहेकाले देशभरको मौसम बद्ली भएको छ भने धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । अबको तीन दिन नै देश...

सम्बन्धित सामग्री

सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा ठूलो वर्षा : पहिराेकाे जाेखिम

काठमाण्डाै – सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । त्यहाँका स–साना खोलाहरूमा जल सतह बढ्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज शुक्रवार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यस्तै काठमाण्डौसँग मुख्य नाका जोडिएको नागढुङ्गा–नौबिसे तथा मुग्लिन–नारायणगढ सडक यति बेला सामान्यरूपमा चलिरहेको प्रहरीले जनाएको छ ।

आज पनि ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – गएराति देशका केही ठाउँमा ठूलो वर्षा भएको छ । काठमाण्डौसहित वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको मौसमविद्ले बताएका छन् । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ भने केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । बिहान हल्का मात्रै वर्षा भए पनि दिउँसो हल्कादेखि मध्यम वर्षा हुने र राति वाग्मती प्रदेश, गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका  थोरै र प्रदेश ...

तीन प्रदेशमा आज ठूलो वर्षा

काठमाडौं : तीन प्रदेशमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ। देशका केही भागमा रातिदेखि नै झरी परिरहेको छ। चितवन, रूपन्देही, कपिलवस्तु, पाल्पा, कैलाली, कञ्चनपुर, डलेलधुरा र आसपास केही स्थानमाा भारी वर्षा भएको छ। यी जिल्ला भएर बहने रिउखोला, तिनाउ, बाणगंगा, मोहना, खुट्टिया, स्याउली, चौधर, रंधुन लगायत साना नदीमा आकस्मिक बाढी हुन भएकाले सचेत रहन भनिएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा

काठमाण्डाै - सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । अन्य क्षेत्रमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच, काठमाण्डौको मुख्य नाका...

कास्की र बर्दियामा ठूलो वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएकाले यी क्षेत्र भएर बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, बर्दियामा पनि ठूलो वर्षा भएको छ । बबईको तटीय र डुबान भइरहने ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

कास्की र बर्दियामा ठूलो वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कास्की - कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएकाले यी क्षेत्र भएर बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, बर्दियामा पनि ठूलो वर्षा भएको छ । बबईको तटीय र डुबान भइरहने ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । यसैबीच, अहिले नौबिसे-मुग्...

देशका धेरै ठाउँमा ठूलो वर्षा, कुन प्रदेशमा कति वर्षा ?

काठमाण्डाै - कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा लगातार झरी परिरहेको छ । वाग्मती, लुम्बिनी, गण्डकी, प्रदेश-१ र प्रदेश-२ का धेरै ठाउँमा अति ठूलो वर्षा भएको छ। अहिले पनि देशका धेरै ठाउँमा झरी परिरहेको छ । लगातारको झरीले देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ भने पहाडी क्षेत्रमा पहिरो जान थालेको छ । कुन प्रदेशमा कति वर्षा ? लुम्बिनी प्रदेश गएको २४ घण्टामा लुम्बिनी प्रदेशको रुपन्देही, नवलपुर र भैरहवामा अति ठूलो वर्षा मापन भएको छ । नवलपुरमा सबैभन्दा धेरै ४ सय २३ मि...