देशका धेरै ठाउँमा ठूलो वर्षा, अझै केही दिन निरन्तर झरी पर्ने

काठमाण्डाै - अझै केही दिन निरन्तर झरी पर्ने मौसमविद्ले बताएका छन् । तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो। आउँदो तीन दिनसम्म नै हिजो आजको जस्तै झरी पर्ने उहाँले बताउनुभयो । अझै केही दिन देशभर बद्ली रहेर केही ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भने ठूलो पानी पर्नेछ । पछिल्लो २४ घण्टामा वाग्मती र गण्डकी प्रदेशमा ठूलो पानी परेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चितवनको गोविन्द बस्तीमा एक सय ६३ दशमलव ८ मिलीमिटर पानी परेको छ भने कल्याणपुरमा एक सय २१ दशमलव २ मिलीमिटर पानी परेको छ । ...

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकासहित पश्चिममा वर्षा, काठमाण्डौमा दिउँसो ३ बजेपछि पानी रोकिने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै पानी परिरहेको छ । देशको पश्चिमी भागमा ठूलो मात्रामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  वर्षाका कारण आज बुधवार विजया दशमीका दिन मानिसहरूलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ । आज प्रदेश नं १, मधेस प्रदेश तथा बाग्मती प्...

चितवनको रामपुर आसपासमा ठूलो वर्षा, १० जिल्लामा बाढीको जोखिम

काठमाण्डाै - चितवनको रामपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । पछिल्लो एक घण्टामा ठूलो पानी परेकाले रामपुर र आसपासका क्षेत्रका होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह  गरेको छ । यस्तै, आज १० जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको छ । महाशाखाका अनुसार इलाम, झापा, सङ्खुवासभा, उदयपुर, सिन्धुली, चितवन, नवलपरासी पूर्व, तनहुँ, कास्की, दार्चुला र आसपासका क्षेत्रका साना नदी तथा खोलामा बाढीको जोखिम रहेको छ । यसैबीच, अबको तीन दिन देशका ...

मनसुन सक्रिय, ३ दिनसम्म पानी पर्ने सम्भावना, गर्मीबाट राहत

काठमाण्डाै – मनसुन फेरि सक्रिय हुन थालेको छ । मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।   आज मङ्गलवार दिउँसोदेखि नै काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी पर्न थालिसकेको छ । अबको तीन दिनसम्म नै मौसम बदली भइ धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।   आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले बताएका छन् । लगातार तीन दिन पानी पर्ने सम्भावना रहेकाले बाढी, पह...

काठमाडौँमा वायु प्रदूषण बढ्दै

धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको छ। सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन्। मौसमविद् वरुण पौडेलले भने, “ठूलो वर्षा हुने सम्भावना छैन।” फाट्टफुट्ट पानी पर्न सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार देशका अधिकांश भागमा अबको दुई दिन आंशिकदेखि सामान्य बदली रहनेछ। तातो लहर अबका दिनमा बढ्ने महाशाखाले उल्लेख गरेको छ।&nbs

आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने, पहिरोको जोखिम भने कायमै

काठमाण्डाै - आजदेखि मौसममा सुधार आएको छ । देशका धेरै ठाउँमा आज घाम लागेकाे छ । मौसमविद् वरुण पौडेलका अनुसार गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना छ । अबको दुई, तीन दिन लगातार झरी नपर्ने उहाँले बताउनुभयो । भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएकाले अब दुई/तीन दिन लगातारको झरी र ठूलो वर्षा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । आज प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने हल्का पानी...

अझै पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ, तर पूर्वानुमान गर्नै कठिन–मौसमविद्

काठमाण्डाै - अझै केही दिन देशका धेरै ठाउँमा हिजोजस्तै मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी परेको थियो । मनसुन निष्क्रिय भए पनि भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै स्थानीय वायुको  प्रभाव पर्दा हिजो धेरै ठाउँमा मेघगर्जनसहित धेरै ठाउँमा मेघगर्जनसहित ठूलो वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । यस्तो अवस्था अझै केही दिन रहन सक्ने मौसमविद् अर्यालले बताउनुभयो । उहाँ...

एक/दुई दिन लगातार ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश-१, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । तर, छोटो समयका लागि मात्रै ठूलो वर्षा हुनेछ ।  अबको केही दिन लगातारजसो ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा तराईको भूभागबाट टाढा रहेकाले लगातार ठूलो वर्षा हुने सम्भावना केही दिनलाई छैन । तर, पूर्वी ​वायुको प्रभावका कारण बादल लाग्ने र हल्कादेखि मध्यम खालको व...

यी नदीहरुमा आज बाढीको सम्भावना

काठमाण्डाै - मनसुन फेरि सक्रिय भएसँगै देशका केही ठाउँमा ठूलो पानी पर्न थालेको छ । अबको दुई/तीन दिन नै ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ । योसँगै विभिन्न नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिइएको छ। आज कोशीका सहायक नदी सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोरलगायत नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, नारायणी र यसका सहायक नदी त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती र तिनाउ लगायतका नदीमा बाढीको जोखिम छ ।