आज पनि देशैभर पानी पर्ने, चितवन, नवलपरासी, कपिलबस्तु, रूपन्देहीलगायतका जिल्लामा ठूलो वर्षा

काठमाण्डौ – चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद्ले बताएका छन् । वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । खोला तरेर दशैँको टीका लगाउन ओहोरदोहोर गर्दा विशेष सतर्क हुन आग्रह गरिएको छ । हिजो टीका थाप्न कै लागि हिँडेका बेला खोलाले बगाउँदा केहीको ज्यान गएको छ । यस्तै, पहिरोको जोखिम रहेकाले खेतीपाती, घाँस दाउर...

सम्बन्धित सामग्री

आज, हिजो अस्तिको भन्दा कम पानी पर्ने अनुमान

काठमाण्डाै - आज, हिजो अस्तिको तुलनामा कम वर्षा हुने अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा नै रहेको र यो अझै तल झर्ने सम्भावना रहेकाले  हिजोअस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । यसअघि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउँदा देशैभर पानी परेको थियो । धेरै ठाउँमा ठूलो वर्षा भएको थियो । यसले  गर्दा बाढी पहिरोको जोखिम बढाएको छ । जमिन गलिसकेकाले अब हल्कादेखि मध्यम वर्षा हुँदा पनि पहिरो जाने जोखिम छ । आज मधेस प्रदेश बाहेकका प्र...