काठमाडौं : वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको इजाजत अनलाइनमार्फत गर्ने भएको छ। वैदेशिक रोजगारी व्यवस्थित र सुरक्षित बनाउन अनलाइनमार्फत नवीकरण गर्न लागेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागले गत जेठमा एक सूचना जारी गरी म्यानपावर कम्पनीको नवीकरण अनलाइनबाट गर्ने भनेको थियो। सोही आधारमा अनलाइनबाट सेवा शुरु गर्न लागेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।विभागका अनुसार इजाजतपत्र नवीकरण गर्न वैदेशिक रोजगार व्यवसायीलाई वैदेशिक रोजगार ऐन तथा निय