पत्रकारको परिचयपत्र नवीकरण अनलाइनबाटै हुने

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार परिचयपत्रको नवीकरण अब अनलाइन माध्यामबाट गरिने बताएका छन्। शुक्रबार ‘छैठौं राष्ट्रिय पत्रकारिता दिवस २०७८’ लाई सम्बोधन गर्दै उनले यस्तो व्यवस्था गर्ने बताएका हुन्।सरकारका प्रवक्ता समेत रहेका गुरुङले भने,‘पत्रकारले सूचना विभागमा लाइन बसेर प्रेस कार्डको नवीकरण गर्नुपर्ने बाध्यता छ, यसलाई अनलाइनबाटै सबै नवीकरण गर्ने व्यवस्था गर्न लागेका छौँ, कार्यविधि बनाएका छौ, अब पत्रकारकाे याे कथा व्यथाकाे अन्त्य हुन्छ।

सम्बन्धित सामग्री

कम्पनी दर्ता र खारेजी अनलाइनबाटै गर्न प्रक्रिया शुरू

काठमाडौं  । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा घोषणा भएको कार्यक्रम कार्यान्वयन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयले प्रक्रिया अघि बढाएको छ । कम्पनी दर्ता र खारेजी सहज बनाउने बजेटमा उल्लेख भएअनुसार कार्यालयले सम्बन्धित कम्पनीलाई विभिन्न निर्देशन दिएको हो । शुक्रवार सूचना तथा निर्देशन जारी गर्दै कार्यालयले कम्पनी दर्ता र खारेजी अनलाइनबाटै गर्ने प्रक्रिया शुरू गरिएको जानकारी दिएको हो । आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धन गर्न भन्दै सरकारले बजेटको बुँदा ७० मा ‘अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने प्रक्रियालाई सरल र पारदर्शी बनाइनेछ’ भनी उल्लेख गरेको छ । सोही कार्यक्रमलाई कार्यान्वयन गर्न कार्यालयले ६ बुँदे निर्देशन जारी गरेको छ ।  कार्यालयले कम्पनी सम्बद्ध विभिन्न सूचना, जानकारी एवम् परिमार्जित तथा सम्पादित कागजात माग गरेको छ । जारी निर्देशनअनुसार कम्पनीहरूले पत्राचार गर्न सकिने विस्तृत ठेगाना अद्यावधिक गर्नुपर्नेछ । कम्पनीको इमेल ठेगाना अद्यावधिक गर्नुपर्ने र त्यस्तो गर्दा पासवर्ड कम्पनीको आधिकारिक व्यक्तिको नियन्त्रणमा राख्ने वा स्वयम् प्रयोग गर्ने खुलाउन र सञ्चालकहरूको राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न कार्यालयले निर्देशन जारी गरेको छ ।  यस्तै कार्यालयबाहेक अन्य सरकारी निकायहरूबाट चुस्तदुरुस्त सेवा प्राप्त गर्न पनि अब कम्पनीको प्रबन्धपत्र, नियमावली, शेयर लगत लगायतका कागजात एकीकृत गरी विद्युतीय सूचना प्रणालीमा अपलोड गर्न पनि निर्देशन दिइएको छ । कार्यालयमा भीडभाड कम गर्न आवश्यक विवरणहरू क्रमशस् अभौतिकीकरण गर्न पनि कार्यालयले निर्देशन दिएको छ । यस्तै, कम्पनीका सक्कल फाइल सम्बन्धित कम्पनीमा नभएको र अनधिकृत व्यक्तिको कब्जामा रहेको सूचना प्राप्त भएको भन्दै कार्यालयले तत्काल फिर्ता गर्न पनि सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।

एमालेको घोषणा : अनलाइनबाटै नागरिकता, लाइसेन्स र राष्ट्रिय परिचयपत्र

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले ४ मंसिरमा ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । २० ग्यारेन्टी सहित ल्याएको घोषणा पत्रमा सरकारी सेवाहरु अनलाइनबाट प्रवाह गर्ने दाबी गरेको छ । घोषणा पत्रमा एमालेले लेखेको छ ‘नेपालभित्रको जनसुकै भौगोलिक क्षेत्रमा बसोवास गर्ने नेपालीलाई राज्यले उपलब्ध गराउने नागरिकता, राष्ट्रिय […]

खोप लगाएको विद्युतीय प्रमाणपत्र लिएपछि मात्र विदेश जाने टिकट काट्नुहोस्

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानका लागि कोरोना विरुद्धको खोप र खोप लगाएको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण अनिवार्य छ ।  खोप प्रमाणपत्र अनलाइनबाटै फारम भरेर लिन सकिन्छ । अनलाइनमार्फत फारम भर्नका लागि सबैभन्दा पहिले https://vaccine.mohp.gov.np/public-request-form मा जानुपर्छ ।  आवेदन दिँदा चार वटा कागजात अनिवार्य रूपमा चाहिन्छ ।  परिचयपत्र, पासपोर्ट साइजको फोटो, कबुलियतनामा र खोप कार्ड अनलाइनबाटै अपलोड गर्नुपर्छ । कबुलियतनामा फारम वेबसाइटमै उपलब्ध हुन्छ ।  आवेदन भरिसकेपछि ...

सूचना विभागको प्रेस पास र सञ्चारमाध्यम अनलाईनबाटै दर्ता र नविकरण हुने

काठमाडौँ । सूचना तथा प्रसारण विभागले नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने भएको छ । बिहीबार विभागले एक विज्ञप्ती जारी गर्दै नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा […]

सूचना विभागको कार्ड अब अनलाइनबाटै, उपत्यकाबाहिरका सेवाग्राहीलाई हुलाकबाट पठाइने

सूचना तथा प्रसारण विभागले अब प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइनबाटै दिने भएको छ ।  मंगलवार सूचना जारी गर्दै साउन १० देखि अनलाइन सेवा शुरू गर्न लागेको हो ।  विभागका अनुसार नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकको परिचयपत्र, नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरू अनलाइनमार्फत हुनेछन् ।  यसका लागि सेवाग्राहीले विभागको वेबसाइटबाट आवेदन दिनुपर्नेछ ।  यस्तै साउन १० देखि सेवाग्राहीको प्रत्यक्ष उपस्थितिमा हुने सेवा प्रवाह दिउँसो १ बजेसम्म मात्रै रहने विभागले जनाएको छ ।&nbs...