खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा रहेको भन्दै चाँडै नतिजा दिने गरि काम थालेको बताएका छन् । रोटरी क्लब अफ काष्ठमण्डपले  गरेको सम्मान कार्यक्रममा उनले भने, ‘मेरो प्राथमिकता खोपको खरिद पर व्यवस्थापनमा छ । अब चाँडै डेढ करोड खोप खरिद गरेर ल्याउँदैछौँ । आठ लाख खोप तुरुन्तै आउँछ । एक सातापछि फेरि १६ लाख डोज खोप आउँछ ।’ श्रेष्ठले सरकारसँग अहिले ७ लाख खोप मौज्दात बाँकी रहेको र त्यही खोप अहिले धमाधम लगाउने व्यवस्था मिलाएको बताए ।  श्रे

सम्बन्धित सामग्री

३३ प्रतिशत जनसंख्यालाई खोप सुनिश्चित : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । सरकारले मुलुकको ३३ प्रतिशत जनसंख्यालाई लगाइने खोप सुनिश्चित भएको बताएको छ । आज प्रतिनिधि सभामा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उक्त जानकारी दिएका हुन् । सरकारले एडीबी र विश्व बैंकको आर्थिक सहयोगमा आवश्यक खोप खरिद गर्ने जानकारी दिँदै उनले १२ देखि १८ वर्ष उमेरकोलाई खोप लगाउन १ करोड डोज खोपको सुनिश्चितता भएको जनाए […]

कोदालोले हानेर श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे झुण्डिएर आत्महत्या

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२...

पुस-माघसम्म तीन करोड २३ लाख खोप आइसक्छ: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म तीन करोड २३ लाख कोरोना डोज खोप आइसक्ने बताउनुभएको छ । सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस मिटमा राज्यमन्त्री श्रेष्ठले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै खोप खरिद तथा आयातबारे जानकारी दिनुभएको छ । ‘चीनले अनुदानमा दिएको १६ लाख र जापाले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्ने र भुटानले दिएको तीन लाख डोज खोप पनि छिट्टै आइपुग्ने छ,’ उहाँले भर्चुअल प्रेस मिटमा भन्नुभयो, ‘चीनको सिनोमार्फ कम्पनीसँथ ६० लाख खोप खरिदका लागि सम्झौता भइसकेको छ ।’

सरकारद्वारा डेढकरोड डोज खोप खरिद सम्झौता, सबै नेपालीको स्वास्थ्य बीमा गरिने

काठमाडौं । सरकारले वयस्क तथा किशोर किशोरीलाई लक्षित गरी कोभिड-१९ विरुद्ध १ करोड ५० लाख डोज खोपको खरिद सम्झौता भएको जनाएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डेढकरोड खोप आपूर्तिका लागि खरिद सम्झौता भएको जनाएका हुन् । मन्त्री श्रेष्ठका अनुसार ४० लाख डोज मोर्डना, ५० लाख जोन्सन एन्ड जोन्सन, […]

स्वास्थ्य राज्यमन्त्रीकाे दाबी : थप डेढ करोड खोप किन्दैछाैँ

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्ध डेढ करोड खोप खरिद गर्न लागेको बताएका छन् । उनले खोप खरिद र व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको भन्दै सरकार तेस्रो लहरको तयारीमा जुटिसकेको बताएका हुन्...