चिनियाँ खोपको ठाउँमा भारत र रसियाको खोप खरिद गर्ने श्रीलङ्काको संसद्को निर्णय

चीनमा उत्पादित कोभिड१९ विरुद्धको खोपलाई श्रीलङ्काले प्राथमिकता नदिएपछि चीनसँग सम्बन्ध चिसिएको विश्लेषण भएको छ। श्रीलङ्काको सांसदले चीनको सिनोफार्मद्वारा उत्पादित खोप छोडेर भारत र रुसमा उत्पादित खोपहरूलाई प्राथमिकता दिने निर्णय गरेपछि चीन र श्रीलङ्काबिच समस्या सिर्जना भएको विश्लेषण गरिएको हो।

सम्बन्धित सामग्री

कोरोना खोप निर्यात सुरु गर्दै भारत, नेपालले किनेको कोभिसिल्ड कहिले आउँछ?

भारतको यो निर्णयसँगै नेपालले खरिद गरेको कोभिसिल्ड खोप पनि आउने बाटो खुलेको छ। नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो। यसका लागि नेपालले भारतमा पैसा पनि पठाइसकेको छ।

ब्राजिलद्वारा कोभ्याक्सिन खोप किन्ने सम्झौता स्थगित

राष्ट्रपति जायर बोल्सोनारोमाथि अनियमितताको आरोप लागेपछि ब्राजिलले भारतको भारत बायोटेकसँग कोरोना खोप किन्ने सम्झौता स्थगित गर्ने भएको छ । खोप खरिद सम्झौतामा राष्ट्रपति बोल्सोनारोले अनियमितता गरेको आरोप लाग्दै आएको छ ।

ब्राजिलमा खोप खरिदमा भ्रष्टाचार, साढे ३८ अर्बको भारतसँगको खोप खरिद सम्झौता रद्द

बीबीसी।ब्राजिलले भारत बायोटेकसँग कोरोना खोप खरिद गर्ने सम्झौता रद्द गरेको छ।खोप खरिदमा राष्ट्रपति जाएर बोल्सोनारोले भ्रष्टाचार गरेको भन्दै विरोध भएपछि ब्राजिलले भारत बायोटेकसँग खोप खरिद गर्ने सम्झौता रद्द गरेको हो।ब्राजिलले भारतसँग ३२ करोड ४० लाख अमेरिकी डलर (३८ अर्ब ५१ लाख रुपैयाँ) मा दुई करोड डोज कोरोना खोप खरिद गर्ने सम्झौता गरेको थियो।यो जानकारी ब्राजिलका स्वास्थ्य मन्त्रीले दिएका हुन्।

सरकारको प्राथमिकतामा खोप, छ देशबाट खोप ल्याउन प्रक्रिया शुरु

सरकारले कोरोना भाइरस (कोेभिड–१९) नियन्त्रणका लागि पहिलो प्राथकितामा खोप खरिद गरी धेरैभन्दा धेरै लगाउने तयारीका साथ अघि बढेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार चीन र भारत हित थप चार देशबाट खोप खरिद प्रक्रिया अघि बढाइएको बताउनुभयो । सरकारले नर्वे, रूस, बेलायत र अमेरिकासँग खोप खरिद बारे छलफल शुरु गरेको उहाँले बताउनुभयो ।

भारतलाई नेपाल सरकारको अनुरोध- कोरोना खोप निर्यातमा लगाएको अस्थायी प्रतिबन्ध हटाउ

काठमाडौं। सरकारले कूटनीतिक च्यानलमार्फत कोरोना खोप निर्यातमा लगाइएको अस्थायी प्रतिबन्ध हटाउन भारतलाई अनुरोध गरेको छ। नयाँदिल्लीस्थित नेपाली दूतावास र काठमाडौंस्थित भारतीय दूतावासमार्फत उक्त अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोभ्याक्सिनको आधिकारिक आयातकर्ता इमेराल्ड फार्माले हैदरावादस्थित भारत वायोटेक इन्टरनेशनल लिमिटेडबाट खोप खरिद प्रक्रिया अघि बढाएको थियो। यसैबीच भारतले खोप निर्यातमा रोक लगाएको थियो।

खोप प्रकरणबारे सरकारलाई विवेकशील साझाको ४ प्रश्न

काठमाडौं। भारत र अन्य मुलुकबाट कोरोना खोप खरिद प्रक्रियामा भएको अवरोध तथा अलमल सम्बन्धमा विवेकशील साझा पार्टीले आज विज्ञप्ति जारी गरी गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा विवेकशीलको प्रश्न छ- खरिद प्रक्रियामा अवरोध गर्ने व्यापारीमाथि किन कारबाही गरिएन? व्यापारीहरू सरकारबाट संरक्षित छैनन् र? अन्यत्रबाट खोप ल्याउन कसले अवरोध गर्‍यो? र बाँकी खोप ल्याउन सरकारले हालसम्म के गरेको छ?

चिनियाँ खोपको ठाउँमा भारत र रसियाको खोप खरिद गर्ने श्रीलङ्काको संसद्को निर्णय

चीनमा उत्पादित कोभिड१९ विरुद्धको खोपलाई श्रीलङ्काले प्राथमिकता नदिएपछि चीनसँग सम्बन्ध चिसिएको विश्लेषण भएको छ। श्रीलङ्काको सांसदले चीनको सिनोफार्मद्वारा उत्पादित खोप छोडेर भारत र रुसमा उत्पादित खोपहरूलाई प्राथमिकता दिने निर्णय गरेपछि चीन र श्रीलङ्काबिच समस्या सिर्जना भएको विश्लेषण गरिएको हो।

खोप खरिद, सीमा समस्या र आर्थिक साझेदारी मुख्य मुद्दा

आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ ।          नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा थप टेवा पु¥याउने सम्भावनाको खोजी तथा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाईमार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक साझेदारी र सहकार्यात्मक सम्बन्धलाई अझ सबल, सुदृढ एवं भरपर्दो बनाउन हरसम्भव प्रयास हुने विश्वास गरिएको छ ।          सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भू–भागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्धलाई पुनः हार्दिक बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको यो भ्रमण सफल हुने अपेक्षा पनि गरिएको छ । कोभिड–१९ को महामारीका कारण उच्चस्तरमा हुन नसकेका द्विपक्षीय भ्रमणलाई निरन्तरता दिन पनि परराष्ट्रमन्त्रीको यो भ्रमण फलदायी हुनेछ । यसअघि भारतको बाह्य गुप्तचर संस्थाका प्रमुख, सेनाध्यक्ष र विदेश सचिवबाट भएको भ्रमणले पनि द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन अहम् भूमिका निर्वाह गरेको थियो । करिब १७ महिनाअघि भारतका विदेशमन्त्रीको नेपाल भ्रमणपछि उच्च कूटनीतिक तहमा पहिलोपटक नयाँदिल्ली जान लाग्नुभएका मन्त्री ज्ञवालीले शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै त्यसलाई दुवै देशका जनताको बृहत्तर हितका निम्ति उपयोग गर्ने अपेक्षा गरिएको छ ।

कोरोना खोप आयात गर्न निजी क्षेत्रले तत्काल नपाउने

कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा आउने खोपबाहेक सरकारले ‘जी–टु–जी’ अन्तर्गत भारत सरकारसँग सीधै सम्पर्क गरेर सेरम इन्स्टिच्युटद्वारा निर्मित खोप खरिद गर्न सशक्त प्रयास गर्नुपर्ने देखिएको छ।