खोप सहज बनाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस सङ्क्रमणको तेस्रो चरण फैलिन नदिन उच्च स्तरीय स्वास्थ्य सतर्कता र आवश्यक तयारीमा जुट्न निर्देशन दिनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल नेतत्ृवको स्वास्थ्य विज्ञहरूसँगको आइतबारको भेटमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनुुभएको हो । “प्रत्येक नागरिकको स्वास्थ्यप्रति सरकार चिन्तित रहेकाले कोरोनाविरुद्धको खोप खरिद प्रक्रियालाई छिटोछरितो र चुुस्त बनाई सहज र सुरक्षित ढङ्गले खोप लगाउने वातावरण मिलाउनुुपर्छ”, उहाँले भन्नुुभयो । प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक तयारी र प्रतिकार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुुभयो । सरकारले खोपलाई उच्च प्राथमिकता दिँदै आएको छ

सम्बन्धित सामग्री

सरकारको प्राथमिकता सबैलाई कोभिड खोप : प्रधानमन्त्री देउवा

उनले सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु भएको समेत बताएका छन्। प्रधानमन्त्री देउवाले खोप सहज रुपमा लगाउने प्रबन्ध मिलाउन समेत निर्देशन दिएका छन्।

कोरोना खोप सहज बनाउन संसदीय समितिको निर्देशन

२४ चैत, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले नागरिकले सहज र सरल तरिकाले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकमा कोभिड–१९ को सम्बन्धमा सरकारको तयारी र खोप …

कोरोना खोप सहज बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले नागरिकले सहज र सरल तरिकाले कोभिड– १९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

राजनीतिक नियुक्तिमा विवेक

कोरोनाबाट १३७ जनाको मृत्यु, ३० हजारभन्दा बढी सङ्क्रमित । शुक्रबारको सार्वजनिक यो तथ्याङ्क बढ्दो छ । महामारीको खतरा बढिरहँदा सरकारले पनि परीक्षणको दायरा र उपचार बढाएको छ । सरकार र नागरिकको अबको एकमात्र प्राथमिकता यसको नियन्त्रण हो । खोप सहज उपलब्ध नभएसम्म कोरोनासँगै जिउनुको विकल्प छैन । सरकारको निर्देशन पालना गर्नु र सचेत रहनु सुरक्षित हुनु हो । सरकारले लडाइँ थप प्रभावकारी बनाउने र पार्टीहरूसमेत परिचालित हुने व्यवस्था हुनुपर्छ । ‘अप्ठ्यारोमा पार्टीको साथ’ भन्ने विश्वास दिलाउँदा दलीय व्यवस्था बलियो हुन्छ । नेपाल कम्युनिस्ट पार्टीले सत्ताको विवाद समाधान गरी आफूलाई महामारीविरुद्ध केन्द्रित गर्नुपर्छ । यो यु