माेरङ – प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुभएको हो ।प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड १४ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट नाै अर्ब ८२ लाख र ससर्त अनुदानबाट आठ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।प्रदेश १ सरकारले कृषि क्षेत्रमा दुई अर्ब ५९...