प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा चालु खर्च ढाकछोप गर्न बजेटको आकार बढाएको भन्ने आरोपको खण्डन गरेका छन् । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले गरेको टिप्पणीको मंगलबार जवाफ दिँदै आङ्बोले उक्त कुरा बताएका हुन् ।यसअघि एमाले सांसदहरुले स्रोत सुनिश्चित गर्ने आधारबिनै सरकारले प्रस्तुत गरेको बजेटमा चालु खर्च बढेको र त्यसलाई ढाकछोप गर्न बजेटको आकार बढाएर कार्यान्वयन हुनै नस