प्रदेश १ सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल बजेटको ५० प्रतिशत खर्च गरिसकेको छ भने आर्थिक वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा माथि खर्च हुने अनुमान गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको बजेट वक्तव्यमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म प्रदेश सरकारको खर्च १७ अर्ब ३२ करोड १५ लाख भई गत वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । हालसम्म ३ अर्ब १६ करोड ६६ लाख राजस्व संकलन भएको छ ।चालु आर्थिक वर्षको बजेट ३२ अर्ब ४